२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

काठमाडौं उपत्यका प्रवेशमा निकै कडा धमाधम सवारी साधन फिर्ता

Logo
प्रकाशित शनिबार, भाद्र १३, २०७७

ABC Sanchar
काठमाडौँ सङ्क्रमित बढ्दै जाँदा काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य नाकामा कडाइ गर्न स्थानीय तह व्यस्त छन् । साथै उनीहरूले प्रवेश नाका व्यवस्थित गर्न सुरक्षाकर्मीसँग समन्वय पनि गरिरहेका छन् ।
काठमाडौँ उपत्यकामा दिनहुँ सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । काठमाडौँ उपत्यकामा निषेधाज्ञाले आवतजावतमा कमी आए पनि स्थानीय सरकारले सुरक्षाकर्मी र स्थानीय प्रशासनलाई आवश्यक सहजीकरण गर्ने काम गरिरहेका छन् ।
काठमाडौँ प्रवेश गर्ने मुख्य नाका जोडिएका सूर्यविनायक, दक्षिणकाली, चन्द्रागिरि, तारकेश्वर, शङ्खरापुर नगरपालिकाले आवश्यक सहजीकरण गरिरहेका ती नगरपालिकाले जनाएका छन् ।
कतै स्थानीय प्रशासनलाई सहजीकरण गर्ने काम भएका छन् भने कतिपय नगरपालिकाले आफैँ स्वयंसेवक परिचालन गरी आवतजावतमा कडाइ गर्दै आएका छन् । केही नगरपालिकाले नाकामा स्वास्थ्य कक्ष (हेल्थ डेस्क) राखेर नाकामा खटिने प्रशासन र सुरक्षाकर्मीको नियमित स्वास्थ्य परीक्षण गरिरहेका छन् । गोरखापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]