०९ साउन २०८२, शुक्रबार
25-07-2025 , Fri
×

बाँके प्रहरीले १३ किलो गाजा पक्राउ

Logo
प्रकाशित आइतबार, भाद्र १४, २०७७

महेन्द्र सिंह बाँके प्रहरीले गाजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
बाँकेको विनौनाबाट कोहलपुरतर्फ लैजाने क्रममा कोहलपुरका विसराम थारु र मटेहियाका रामबहादुर चौधरीको साथबाट प्रहरीले १३ किलो गाजा बरामद गरेको हो ।
विनौनाबाट कम्दीको मिलनचोक भएर राँझा निस्किन थालेका उनीहरुलाई चोकमा प्रहरीले रोक्न खोज्दा भागेका थिए । मोटरसाइकल रहेका उनीहरुलाई पिछा गर्दै कमर्सा बाबा नजिक पुगेर नियन्त्रणमा लिइएको थियो । दुई वटा प्लाष्टिकको बोरा भित्र प्लाष्टिकको झोलामा गाजा राखिएको थियो ।
बाँके प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले गाजासहित नियन्त्रणमा लिइएका चौधरीद्वयका बारेमा अनुसन्धान भइरहेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा बिहीबार आयोजित एक कार्यक्रमबीच मेट्रो ट्राफिक एफ. एम. ९५.५ मेगाहर्जको १३ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले ट्राफिक एफ.एम.सँग सहकार्य गरी जनचेतनामूलक सूचना, सन्देश तथा रेडियो सामग्री प्रसारण गर्न मद्दत गर्ने विज्ञापन दाता तथा सूचना दाताहरूलाई कदरपत्र प्रदान गरी […]

काठमाडौं । नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित सि.सं.६ अल आर्म्स कमाण्ड तथा स्टाफका तालिमरत ४६ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको बिहीबार अवलोकन भ्रमण सम्पन्न भएको छ । अवलोकन भ्रमणमा सहभागीहरूलाई नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले स्वागत गर्नुभएको थियो । सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित […]

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६१ पैसा , क्यानेडियन डलर एकको खरिददर […]

error: Content is protected !!