२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बाँके प्रहरीले १३ किलो गाजा पक्राउ

Logo
प्रकाशित आइतबार, भाद्र १४, २०७७

महेन्द्र सिंह बाँके प्रहरीले गाजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
बाँकेको विनौनाबाट कोहलपुरतर्फ लैजाने क्रममा कोहलपुरका विसराम थारु र मटेहियाका रामबहादुर चौधरीको साथबाट प्रहरीले १३ किलो गाजा बरामद गरेको हो ।
विनौनाबाट कम्दीको मिलनचोक भएर राँझा निस्किन थालेका उनीहरुलाई चोकमा प्रहरीले रोक्न खोज्दा भागेका थिए । मोटरसाइकल रहेका उनीहरुलाई पिछा गर्दै कमर्सा बाबा नजिक पुगेर नियन्त्रणमा लिइएको थियो । दुई वटा प्लाष्टिकको बोरा भित्र प्लाष्टिकको झोलामा गाजा राखिएको थियो ।
बाँके प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले गाजासहित नियन्त्रणमा लिइएका चौधरीद्वयका बारेमा अनुसन्धान भइरहेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]