०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

सामुहिक बलात्कार गर्ने ४ जना पक्राउ

Logo
प्रकाशित सोमबार, भाद्र १५, २०७७

ABC Sanchar काठमाडौं वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जानकी गाउपालिका ९ पुर्व खैरीफाँटा बस्ने २० वर्षीय दिपक कडारा र सोही ठाउँ बस्ने अन्य तीन जना १८ वर्षीय किशोरहरु रहेका छ्न् ।
काकाको घरबाट आफ्नो घरतर्फ फर्कदै गरेकी ती किशोरीलाई बिहीबार राति उनीहरुले स्थानीय खेतमा लगेर डरत्रास देखाई जबरजस्ती करणी गरी भागेको भएको भन्ने उजुरी पछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । उनीहरु उपर जबरजस्ती करणी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले कैलालीले जनाएको छ ।
यता मकवानपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बकैया गाउँपालिका ६ ज्यामिरे बस्ने २४ वर्षीय सूर्य लुम्बालेलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। ती किशोरीलाई घरमै बसेको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!