११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निमित्त नेतृत्व

Logo
प्रकाशित मंगलबार, भाद्र १६, २०७७

ABC Sanchar काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार एक अन्तर्वातामा संवैधानिक नियुक्तिका लागि सहमति भइसकेको दाबी गरेका छन् । तर, विवादका कारण संवैधानिक परिषद्को बैठक भने बस्न सकेको छैन । खासगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै नियुक्तिमा कुरा मिल्न नसकेको स्रोत बताउँछ । आयोगमा हाल आयुक्तका दुई पद रिक्त छन् । २९ भदौदेखि प्रमुख आयुक्त नवीन घिमिरेले अवकाश पाउँदैछन् । तीन पदका लागि २० भन्दा धेरै हाइप्रोफाइल व्यक्तिहरु प्रतिस्पर्धामा छन् । प्रमुख आयुक्तमा हालकै आयुक्त डा.गणेशराज जोशीको बढुवा हुने सम्भावना छ । तर, सत्तारुढ दलभित्र अझै उनको नाममा सहमति भइनसकेको स्रोत बताउँछ । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो नम्बरमा पूर्व सचिव प्रेम राई नै छन् । राईभन्दा जोशी सिनियर सचिव हुन् । जसकारण राईलाई प्रमुख आयुक्तमै नियुक्त गर्दा समस्या हुने अवस्था समेत छ । अख्तियारमा प्रमुख आयुक्त समयमा नियुक्त हुन नसक्दा आयोग कार्यवहाक प्रमुखको भरमा चल्ने निश्चित भएको छ । तत्कालै नियुक्त भएपनि संसदीय सुनुवाई लगायत प्रक्रिया पूरा गर्न समय लाग्ने भएकोले प्रमुख आयुक्तको नियुक्ति दुई साताभित्र सम्भव छैन । जसकारण २९ भदौपछि जोशीले कार्यवहाक प्रमुख आयुक्तका रुपमा आयोगको नेतृत्व सम्हाल्नेछन् । उता अवकाशको समय नवीन घिमिरेका लागि तनावपूर्ण बनेको छ । दुई सातादेखि उनी कोभिडको कारण उपचार गराइरहेका छन् । अवस्था सामान्य भए पनि उनको तेस्रो रिपोर्ट समेत पोजेटिभ आएको स्रोत बताउँछ । अस्पतालबाट डिस्चार्ज भएपछि पनि केही समय आइसोलेसनमा बस्नुपर्ने भएकाले आयोगको बैठक बसाएर निर्णय गराउन समस्या हुने देखिएको छ । अवकाशअघि उनले केही मुद्दाहरुको निर्णय गर्न चाहेको स्रोत बताउँछ । घिमिरेले आफ्नो कार्यकालमा सबैभन्दा बढी भ्रष्टाचारको मुद्दा दायर गरेर रेकर्ड कायम गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

*पारदर्शिता नहुने शुल्क उठाइको समस्या:* 1. *आधार*: यदि यो धनकुटा नगरपालिकाको आधिकारिक कर/शुल्क हो भने राजपत्रमा प्रकाशित हुनुपर्छ, दररेट र उद्देश्य स्पष्ट हुनुपर्छ। सूचना बोर्ड, रसिद, उठाउने व्यक्तिको परिचयपत्र अनिवार्य हुन्छ। 2. *सेवाविना शुल्क*: पार्किङ, सरसफाइ, व्यवस्थापन जस्तो सेवा नदिई “बजार हुँदै गएको भरमा” शुल्क लिनु कर होइन, असुली हुन्छ। 3. *धम्की*: “चाबी खोस्छु” भन्ने […]

बाँके । नेपालकै सबैभन्दा गर्मी हुने जिल्लामध्येको बाँकेको *इलाका प्रहरी कार्यालय कोहलपुर*ले थुनुवा कक्षमै एसी जडान गरेर उदाहरणीय कदम चालेको छ। यो नेपालमै पहिलो पटक भएको मानिन्छ। *के भयो:* – *डीएसपी चक्र डमरपाल*को नेतृत्व र *कोहलपुर नगरपालिका*को सहयोगमा थुनुवा कक्षमा २ वटा एसी जडान गरिएको छ। – चर्को गर्मीमा रहेका कैदीबन्दीको स्वास्थ्य सुरक्षा र सहजताका […]

बाँके । नेपाल पत्रकार महासंघ बाँके*को १५औं साधारण सभा उद्घाटन गरिएको छ। उद्घाटन *पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन*ले गरेका हुन्। साधारण सभामा बाँके जिल्लाका पत्रकारहरूको पेसागत हकहित, प्रेस स्वतन्त्रता, मिडियामा देखिएका चुनौती र सङ्गठनको आगामी कार्ययोजनाबारे छलफल हुन्छ। यस्ता साधारण सभाले स्थानीय पत्रकारको समस्या केन्द्रमा पुर्‍याउन र संगठनलाई सक्रिय बनाउन भूमिका खेल्छ। बाँके पत्रकार […]

error: Content is protected !!