०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निमित्त नेतृत्व

Logo
प्रकाशित मंगलबार, भाद्र १६, २०७७

ABC Sanchar काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार एक अन्तर्वातामा संवैधानिक नियुक्तिका लागि सहमति भइसकेको दाबी गरेका छन् । तर, विवादका कारण संवैधानिक परिषद्को बैठक भने बस्न सकेको छैन । खासगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै नियुक्तिमा कुरा मिल्न नसकेको स्रोत बताउँछ । आयोगमा हाल आयुक्तका दुई पद रिक्त छन् । २९ भदौदेखि प्रमुख आयुक्त नवीन घिमिरेले अवकाश पाउँदैछन् । तीन पदका लागि २० भन्दा धेरै हाइप्रोफाइल व्यक्तिहरु प्रतिस्पर्धामा छन् । प्रमुख आयुक्तमा हालकै आयुक्त डा.गणेशराज जोशीको बढुवा हुने सम्भावना छ । तर, सत्तारुढ दलभित्र अझै उनको नाममा सहमति भइनसकेको स्रोत बताउँछ । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो नम्बरमा पूर्व सचिव प्रेम राई नै छन् । राईभन्दा जोशी सिनियर सचिव हुन् । जसकारण राईलाई प्रमुख आयुक्तमै नियुक्त गर्दा समस्या हुने अवस्था समेत छ । अख्तियारमा प्रमुख आयुक्त समयमा नियुक्त हुन नसक्दा आयोग कार्यवहाक प्रमुखको भरमा चल्ने निश्चित भएको छ । तत्कालै नियुक्त भएपनि संसदीय सुनुवाई लगायत प्रक्रिया पूरा गर्न समय लाग्ने भएकोले प्रमुख आयुक्तको नियुक्ति दुई साताभित्र सम्भव छैन । जसकारण २९ भदौपछि जोशीले कार्यवहाक प्रमुख आयुक्तका रुपमा आयोगको नेतृत्व सम्हाल्नेछन् । उता अवकाशको समय नवीन घिमिरेका लागि तनावपूर्ण बनेको छ । दुई सातादेखि उनी कोभिडको कारण उपचार गराइरहेका छन् । अवस्था सामान्य भए पनि उनको तेस्रो रिपोर्ट समेत पोजेटिभ आएको स्रोत बताउँछ । अस्पतालबाट डिस्चार्ज भएपछि पनि केही समय आइसोलेसनमा बस्नुपर्ने भएकाले आयोगको बैठक बसाएर निर्णय गराउन समस्या हुने देखिएको छ । अवकाशअघि उनले केही मुद्दाहरुको निर्णय गर्न चाहेको स्रोत बताउँछ । घिमिरेले आफ्नो कार्यकालमा सबैभन्दा बढी भ्रष्टाचारको मुद्दा दायर गरेर रेकर्ड कायम गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!