१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

ऋण फिर्ता नदिएको भन्दै एक दलित महिलामाथि कुटपिट

Logo
प्रकाशित मंगलबार, भाद्र १६, २०७७

ABC Sanchar महोत्तरीको औरहीमा ऋण फिर्ता नदिएको भन्दै एक दलित महिलामाथि कुटपिट गरेको छ । औरही नगरपालिका १ औरही बजारकी ६५ वर्षीया महिलालाई पैसा फिर्ता नगरेको भन्दै कुटपिट गरिएको हो ।
सोमबार बिहान ऋण फिर्ता माग्दै घरमा आएका स्थानीय विजय चौधरी, सन्तोष चौधरीलगायतले महिलालाई निर्धात कुटपिट गरेका हुन् ।
पैसा माग्दै आएका चौधरी दाजुभाईले समान्य विवाद भएपछि ती महिलाले लगाएको कपडा च्यातेर कुटपिट गरेको पीडित महिलाकी पतिले बताए । दुई वर्षअघि ती महिलाले विजय चौधरीसँग प्रति बजार एक हजार रुपैयाँ ब्याज दिने शर्तमा ऋण लिएको गुदरी मण्डलले जानकारी दिनुभएकाे छ ।
पैसा लेनदेनको विषयमा बसेर छलफल गर्न भनिए पनि चौधरी दाजुभाईले शारीरिक रुपमा अशक्त महिलामाथि कुटपिट गरेकाे पीडित पक्षले बताएका छन् ।
घटनापछि पीडित उजुरी दर्ताका लागि प्रहरी चौकी औरही गए पनि उजुरी दर्ता नभएकाे बताइएकाे छ । तर घटनाको सम्बन्धमा पीडित पक्षबाट उजुरी नआएको महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश विष्टले जानकारी दिनुभएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्कायकास्थित बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमवासी बस्ती हटाउने क्रम आज (शनिबार) पनि जारी छ। सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज कामपा-१६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइँदै छ । कामपा-१५ स्वयम्भू क्षेत्रका अतिक्रमित घरटहरा हटाउने कार्य जारी रहेको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए। […]

एजेन्सी । दक्षिणी लेवनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाँमा इजरायली सेनाले युद्धविरामको बावजुद निकासी आदेश जारी गरेको थियो । लेवनानको हबबुसमा भएको आक्रमणमा एक जना बच्चा र दुई महिलासहित आठ जनाको मृत्यु हुनुका साथै अन्य २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ । यसै गरि जररियामा […]

काठमाडौं । स्थित नैना Naina & Ishan Jewellers मा दुई जना अपरिचित व्यक्तिहरूले हेल्मेट, मास्क र कालो पहिरनमा आएर लुटपाट गर्ने प्रयास गरेका थिए। उनीहरूसँग बन्दुक र खुकुरी थियो र पसलमा एक्लै रहेको कर्मचारीलाई धम्क्याए। साहसी कर्मचारीले प्रतिरोध गर्दै कराएपछि ती व्यक्तिहरू भाग्न बाध्य भए। यस घटनाबारे प्रहरीलाई जानकारी गराइसकिएको छ। नेपाल प्रहरी तथा सरकारसमक्ष […]

error: Content is protected !!