०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाँके प्रहरीका एकजना थुनुवा आइसोलेसनबाट फरार खोजीकार्य जारी

Logo
प्रकाशित मंगलबार, भाद्र १६, २०७७

महेन्द्र सिंह
बाँके खजुरास्थित कृषि तालिम केन्द्रको आइसोलेसनबाट भागेका बाँके प्रहरीका थुनुवा अझै फेला पर्न सकेका छैनन् ।
बाँके प्रहरीले थुनुवालाई खोज्न टोली परिचालन गरेपनि अझै उनको सुइको पाउन सकेको छैन । लागु औषधी कोरेक्सका थुनुवालाई भदौ ५ गते कोरोना देखिएपछि खजुरास्थित कृषि तालिम केन्द्रको आइसोलेसनमा पठाइएको थियो । त्यही आइसोलेसनबाट भदौ ७ गते थुनुवा भागेका थिए । नेपालगञ्ज निवासी थुनुवा कहाँ पुगे पत्ता लागेको छैन ।
थुनुवा पुग्न सक्ने संभावित ठाउँमा प्रहरी पुगिरहेको छ । यो क्रममा बाँके प्रहरीले छिमेकी जिल्लामा पनि पुगेको छ । थुनुवा भने भेटिएका छैनन् । थुनुवा अघिअिघि र प्रहरी पछिपछि भइरहेको देखिएको छ ।
५ सीसी कोरेक्सका दुई अभियुक्तमध्येका एक थिए, थुनुवा । थुनुवा भागेपछि आइसोलेसनको सुरक्षार्थ खटिएका प्रहरीलाई कारबाहीको दायरामा ल्याइएको छ । बाँके प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले टोली लागिरहेकाले थुनुवा पक्राउ पर्ने विश्वास व्यक्त गर्नुभयो ।
भागेका थुनुवा कोरोना मुक्त हुने समय पुग्न थालेको छ । तीन दिनपछि उनी स्वतः डिस्चार्ज हुन्छन् । भागेकै अवस्थामा डिस्चार्ज हुने उनी दोस्रो व्यक्ति हुने लक्षण देखिएको छ । यसअघि जोगागाउँ आइसोलेसन सेन्टरबाट भागेका नेपालगञ्ज–१२ का एक व्यक्ति पक्राउ नपरेरै डिस्चार्ज भएका थिए । डिस्चार्ज भएपछि उसलाई खोजी गर्न छोडिएको थियो । यी थुनुवाको हकमा भने डिस्चार्ज भएपनि बेवास्ता हुँदैन । किनकी, उनी प्रहरीका थुनुवा हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!