०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

तुल्सीपुर प्रहरीले लकडाउन उलंघन गर्नेहरु सयौं जना कार्वाहीमा

Logo
प्रकाशित मंगलबार, भाद्र १६, २०७७

सागर थापा
दाङ ईलाका प्रहरी कार्यालय तुल्सीपुरले लकडाउन सुरु भएको दोस्रो दिन मंगलबार पनि कडाई गरिएको छ । अहिले अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारीका साधन, बजारहरु बन्द भएका छन् । दाङ जिल्लाका प्रमुख बजारहरु तुलसीपुर, घोराही, नारायणपुर र लमही भालुबागका बजारहरु पूर्ण रुपले बन्द भएका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरले मंगलार बिहानैदेखि बिना काम घरबाहिर निस्किएका करिब सयौं नागरिक र मालबाहक,यात्रुबाहक सवारी साधनहरुलाई नियन्त्रणमा लिएको छ । तुल्सीपुर प्रहरीले १ हप्ता अघिदेखि माईकिंग गरेर लकडाउनको बारेमा निरन्तर जानकारी गराउदा समेत अटेरी गरेर बाहिर निस्किएकाहरुलाई होल्डमा राखिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिब बहादुर सिहले जानकारी दिए ।
प्रहरिले जोखिम मोलेर नागरिकको स्वास्थ्य सुरक्षा जोगाउन सडकमा उत्रिएको भन्दै लकडाउन कार्यान्वयन गर्न सबैले सहयोगिको भुमिका खेल्नुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!