१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

तुल्सीपुर प्रहरीले लकडाउन उलंघन गर्नेहरु सयौं जना कार्वाहीमा

Logo
प्रकाशित मंगलबार, भाद्र १६, २०७७

सागर थापा
दाङ ईलाका प्रहरी कार्यालय तुल्सीपुरले लकडाउन सुरु भएको दोस्रो दिन मंगलबार पनि कडाई गरिएको छ । अहिले अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारीका साधन, बजारहरु बन्द भएका छन् । दाङ जिल्लाका प्रमुख बजारहरु तुलसीपुर, घोराही, नारायणपुर र लमही भालुबागका बजारहरु पूर्ण रुपले बन्द भएका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरले मंगलार बिहानैदेखि बिना काम घरबाहिर निस्किएका करिब सयौं नागरिक र मालबाहक,यात्रुबाहक सवारी साधनहरुलाई नियन्त्रणमा लिएको छ । तुल्सीपुर प्रहरीले १ हप्ता अघिदेखि माईकिंग गरेर लकडाउनको बारेमा निरन्तर जानकारी गराउदा समेत अटेरी गरेर बाहिर निस्किएकाहरुलाई होल्डमा राखिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिब बहादुर सिहले जानकारी दिए ।
प्रहरिले जोखिम मोलेर नागरिकको स्वास्थ्य सुरक्षा जोगाउन सडकमा उत्रिएको भन्दै लकडाउन कार्यान्वयन गर्न सबैले सहयोगिको भुमिका खेल्नुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्कायकास्थित बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमवासी बस्ती हटाउने क्रम आज (शनिबार) पनि जारी छ। सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज कामपा-१६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइँदै छ । कामपा-१५ स्वयम्भू क्षेत्रका अतिक्रमित घरटहरा हटाउने कार्य जारी रहेको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए। […]

एजेन्सी । दक्षिणी लेवनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाँमा इजरायली सेनाले युद्धविरामको बावजुद निकासी आदेश जारी गरेको थियो । लेवनानको हबबुसमा भएको आक्रमणमा एक जना बच्चा र दुई महिलासहित आठ जनाको मृत्यु हुनुका साथै अन्य २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ । यसै गरि जररियामा […]

काठमाडौं । स्थित नैना Naina & Ishan Jewellers मा दुई जना अपरिचित व्यक्तिहरूले हेल्मेट, मास्क र कालो पहिरनमा आएर लुटपाट गर्ने प्रयास गरेका थिए। उनीहरूसँग बन्दुक र खुकुरी थियो र पसलमा एक्लै रहेको कर्मचारीलाई धम्क्याए। साहसी कर्मचारीले प्रतिरोध गर्दै कराएपछि ती व्यक्तिहरू भाग्न बाध्य भए। यस घटनाबारे प्रहरीलाई जानकारी गराइसकिएको छ। नेपाल प्रहरी तथा सरकारसमक्ष […]

error: Content is protected !!