२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

ईलाका प्रहरी कार्यालय बुटवलमा ११ जना प्रहरीमा कोरोना सङ्क्रमण

Logo
प्रकाशित मंगलबार, भाद्र १६, २०७७

सिमा गुरुङ
बुटवलमा अघिल्लो साता १३ जना थुनुवामा सङ्क्रमण देखिएको ईलाका प्रहरी कार्यालय बुटवलमा ११ जना प्रहरीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो परिक्षण नतिजामा ११ जनामा कोरोना पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता खड्गबहादुर खत्रीले पुष्टि गर्नुभयो ।
सङ्क्रमित प्रहरीहरूलाई बुटवलस्थित एन्फा एकेडेमीको आइसोलेसन केन्द्रमा राखिएको छ । यसअघि अघिल्लो साता १३ जना थुनुवामा सङ्क्रमण पुष्टि भएको थियो । त्यसलगत्तै कन्ट्याक्ट ट्रेसिङका आधारमा १९ प्रहरीको पीसीआर परीक्षण गरिएको थियो । तीमध्ये ११ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसअघि सङ्क्रमण पुष्टि भएका थुनुवाहरूको पनि आइसोलेसनमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!