२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

कृष्णनगरमा प्रहरीद्वारा अवैध चांदी पाउजु पक्राउ

Logo
प्रकाशित मंगलबार, भाद्र १६, २०७७

सागर थापा
कपिलवस्तु ईलाका प्रहरी कार्यालय कृष्णनगर र सशस्त्र प्रहरी बल नेपाल वि. ओ. पी. नेपाल कृष्णनगरको संयुक्त टोली ले कृष्णनगर वडा नं ४ मा भारत बाट नेपाल तर्फ संकास्पद अवस्था मा आउदै गरेको व्यक्ति लाई देख्दा चेक जांच गर्ने लुकाई छिपाई ल्याउदै गर्ने क्रममा २१९ पिस चांदी जस्तो देखिने सेतो धातु लगायत ४ थान मोबाइल र कार मा समेत लुकाई राखेको २० पिस पाउजु समेत ३ जना व्यक्ति लाई नियंत्रण मा लिई आवस्यक कार्यवाही का लागी भन्सार कार्यालय कृष्णनगर पठाइएको जानकारी ईलाका प्रहरी कार्यालय कृष्णनगर का प्रमुख प्रताप पौडेल ले दिनुभयो ।
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं ५ बस्ने अकाश वर्मा, आन्नद वर्मा र ओम बहादुर घर्ती पक्राउ परेका छन् ।
उनिहरुको साथ बाट VI VO 17, REDMI NOTE 7 PRO, IPHONE-6 र NOKIYA 1172 मोबाइल गरि ४ थान मोबाइल बरामद गरिएको थियो ।
तत्काल सोधपुछ गर्दा शिवराज नगरपालिका बाट कृष्णनगर नगरपालिका वडा नं ४ सम्म आउन प्रयोग गरेको बा.८. च. २९५२ नंबर को कार समेत मा लुकाएको अवस्था मा २० पिस पाउजु बरामद गरिएको थियो ।
त्यस्तै ईलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरीले कृष्णनगर नगरपालिका वडा नं ७ अजिगरा बाट भारत बाट नेपाल तर्फ भन्सार छलि ल्याउदै गरेको कम्बाइन मेसिनको फलामको रिंग १ थाना, कम्बाइन मेसिनको फलामको पाइप २ थान, कम्बाइन मेसिनको फलामको पार्ट १ थान, लु .११.प . २६१ र लु. १७ प. ९४४९ नंबर को मोटरसाइकल उक्त समान ल्याउन प्रयोग गरिएको थियो जुन सबैको अनुमति मुल्य दुई लाख अठारह हजार राखि आवस्यक कार्यवाही का लागी भन्सार कार्यालय कृष्णनगर पठाइएको जानकारी ईलाका प्रहरी कार्यालय कृष्णनगर ले दिएको छ ।
साथै भाद्र १५ गते बिहान ५ बजेको समयमा जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं ३ झण्डेनगर पुरानोमिल स्थितमा डिउटीमा खटिएको प्रहरी ले चेकिंग गर्दा नेपाल बाट भारत तर्फ भन्सार छलि मटर दाना १३०० के. जि. समातेको छ जस्को अनुमानित मूल्य पैसठ्ठी हजार (६५,०००) रहेको र आवस्यक कार्यवाही का लागी भन्सार कार्यालय कृष्णनगर पठाइएको जानकारी ई. प्र. का. कृष्णनगर ले दिएको छ. ईलाका प्रहरी कार्यालय कृष्णनगर र सशस्त्र प्रहरी बल नेपाल वि. ओ. पी. नेपाल कृष्णनगर भन्सार सुरक्षा, भन्सार चुहावट रोक्न, समाजमा शान्ति स्थापना गर्न, सधै आवस्यक सहकार्य गरेको स्थानीय को बुझाई रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनमा कमजोर देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाही गरेको छ । पछिल्लो एक महिनामा कार्यसम्पादनमा कमजोरी देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाहीस्वरुप जिम्मेवारीमुक्त गरिएको हो । सोमबार मात्र सिराहाका एसपी सन्तोष आचार्य र इलामका वासुदेव खतिवडालाई कारबाहीस्वरूप हटाइएको छ ।त्यस्तै एक महिनाअघि ६ जिल्लाका एसपीलाई कमजोर कार्यशैली र आर्थिक अनुशासनका […]

(एबिसि संचार )                                                                चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्यु भएको छ । सोमबार […]

(एबिसि संचार )                                                                काठमाडौँबाट भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण भएको छ। सोमबार साँझको हुरीले उडान प्रभावित भएको बताइएको छ।जहाज क्याप्टेन लबिस चन्दले […]