२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

पेट्रोलको मुल्य प्रती लिटर १ सय ७ रुपैयाँ पुग्यो

Logo
प्रकाशित मंगलबार, भाद्र १६, २०७७

ABC Sanchar
काठमाडौं पेट्रोलको मूल्यमा २ रुपैयाँ वृद्धि भएको छ। नेपाल आयल निगमले सूचना जारी गर्दै पेट्रोलको मूल्य वृद्धि गरेको हो । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलको मूल्य वृद्धि भएर आएका कारण प्रतिलिटर २ रुपैयाँका दरले पेट्रोलको मूल्य बढाइएको नेपाल आयल निगमले जानकारी दिएको छ । आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७ रुपैयाँ कायम गरिएको छ । यसअघि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५ रुपैयाँ रहेको थियो । निगम प्रवक्ता उपाध्यायका अनुसार डिजेल, ग्यास लगायतका अन्य इन्धनको मूल्यमा कुनै हेरफेर गरिएको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

काठमाडौं । ललितपुरको सातदोबाटोमा अवस्थित प्रहरी वृत्त, ट्राफिक प्रहरी परिसर र काठमाडौँको बौद्धमा अवस्थित प्रहरी वृत्त पुनर्निमाण पछि स्थानीयले प्रहरीलाई हस्तान्तरण गरेका हुन् । आइतबार भएको हस्तान्तरण कार्यक्रममा आईजीपी दानबहादुर कार्की उपस्थित थिए । सातदोबाटोमा रहेको प्रहरी वृत्त र ट्राफिक प्रहरी परिसर हास्य कलाकार किरण केसी ‘राता मकै’ को नेतृत्वमा पुनर्निर्माण गरिएको हो । जेनजी […]

error: Content is protected !!