१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

पेट्रोलको मुल्य प्रती लिटर १ सय ७ रुपैयाँ पुग्यो

Logo
प्रकाशित मंगलबार, भाद्र १६, २०७७

ABC Sanchar
काठमाडौं पेट्रोलको मूल्यमा २ रुपैयाँ वृद्धि भएको छ। नेपाल आयल निगमले सूचना जारी गर्दै पेट्रोलको मूल्य वृद्धि गरेको हो । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलको मूल्य वृद्धि भएर आएका कारण प्रतिलिटर २ रुपैयाँका दरले पेट्रोलको मूल्य बढाइएको नेपाल आयल निगमले जानकारी दिएको छ । आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७ रुपैयाँ कायम गरिएको छ । यसअघि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५ रुपैयाँ रहेको थियो । निगम प्रवक्ता उपाध्यायका अनुसार डिजेल, ग्यास लगायतका अन्य इन्धनको मूल्यमा कुनै हेरफेर गरिएको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । सामाजिक संजाल मार्फत प्राप्त गुनासोलाई मध्यनजर गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको निर्देशन अनुसार सडकमा सवारी साधनको अगाडी टिकटक बनाउने जिल्ला सल्यान बनगाड कुपिण्डे न.पा.११ बस्ने भावना पुन मगर र सवारी साधनको छतमा यात्रुहरुलाई सवार गराउने लु.प्र.०१-००१ख १०६४ नं.को फोर्स गाडीको […]

काठमाडौं । नेपाल सरकारले डोजर चलाएर भत्काएको थापाथालीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका उनले शुक्रबार बागमती नदीमा हाम फालेर आत्महत्या गरेका हुन्। प्रहरीका अनुसार उनको पहिचान खुलिसकेको छैन। प्रहरीले शव बागमतीबाट बाहिर निकालेको छ। सामान सार्दै गरेका उनले अचानक बागमतीमा हाम फालेका थिए। यसअघि पनि थापाथली सुकुम्बासी बस्तीका एक १७ वर्षीय किशोरले आत्महत्या गरेका थिए।

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

error: Content is protected !!