०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

तुल्सीपुरमा लकडाउन उल्लंघन गर्ने ३१ वटा सवारीसाधन नियन्त्रणमा DSP सिंह

Logo
प्रकाशित बुधबार, भाद्र १७, २०७७

सागर थापा
दाङ ईलाका प्रहरी कार्यालय तुलसीपुरले मंगलबार लकडाउन उल्लंघन गर्ने ३१ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहका अनुसार नियन्त्रणमा लिएका सवारीहरुलाई लकडाउन पछिमात्रै छोडिनेछ । ‘अनावश्यक रुपमा उहाँहरु कसैले तरकारी किन्न जान लागेको, कोही मनिङवाकमा निस्केको, कोहीले बच्चा बच्चीलाई डुलाउन जान लागेको भनि हिडेकाहरुको सवारीलाई नियन्त्रणमा लिएका हौं’, उनले भने‘ हामीले मेडिकलको काममा जानेलाई मात्र हिड्न दिएका छौ ।’
नियन्त्रणमा लिएका सवारीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुर, अस्थाई प्रहरी पोष्ट जुसपुर,अस्थाई प्रहरी पोष्ट बिजौरी लगायतको विभिन्न स्थानमा राखेको सिंहले बताए । नियन्त्रणमा लिएका सवारी साधन सबै तुलसीपुर उपमहानगरपालिका भित्र चलेका रहेका छन् । सिंहका अनुसार अति आवश्यक बिशेष गरी अस्पतालमा बिरामी कुर्न जाने मान्छे, औषधि किन्न जाने, बाहेक अरु व्यक्तिहरुलाई अनावश्य हिड्न नदिएका कारण लकडाउन अहिले पुर्ण रुपमा लागु भएको उनको भनाई छ ।
यसैविच ईलाका प्रहरी कार्यालय तुलसीपुरले लकडाउन उल्लङ्घन गरि हिडेका १४३ जना व्यक्तिहरुलाई पाँच घण्टा होल्ड राखेर छोडेको छ । मंलबार बिहान ५ बजेदेखि बजारमा हिडिरहेका एकसय ४३ जनालाई करिब ५ घण्टा होल्डमा राखेर छाडेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी सिंहले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!