०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाजुरमा खाने चामल छैन तर जहाज चार्टर गरेर हुन्छ मदिराको ढुवानी

Logo
प्रकाशित बुधबार, भाद्र १७, २०७७

ABC Sanchar
मार्तडी सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बाजुराको पूर्वी उत्तरी क्षेत्रमा २ महिना अगाडिदेखि खाद्य संकट छ ।
तत्काल खाद्यान्न ढुवानी नभए त्यहाँका जनताले हातमुख जोर्ने समस्या हुने अवस्था छ । तर, त्यहाँ मदिरा भने जहाज चार्टर गरेर ढुवानी भइरहेको छ ।
कोरोना संकटका कारण स्थानीय प्रशासनले अत्यावश्यक पर्ने खाद्यान्न, तरकारी र औषधि बाहेकको ढुवानीमा रोक लगाएको छ । प्रशासनको आदेशानुसारा अहिले मदिराको ढुवानी गर्न नपाइने हो ।
तर, जनता भोकमरी सम्मुखमा रहेका बेला नेपालगञ्जबाट मदिरा र सूर्तिजन्य पदार्थ बोकेका चार्टर जहाज कोल्टी विमानस्थलमा अवतरण भइरहेका छन् ।
कोल्टी विमानस्थलमा हाल दैनिक ७ वटासम्म उडान हुँदै आएका छन् । सरकारले यात्रु बोक्न नपाउने गरी ढुवानी प्रयोजनका लागि आन्तरिक उडानको अनुमति दिएअनुसार कोल्टीमा जहाजहरु आउने र जाने गरिरहेका छन् ।
जसमध्येका ४ देखि ५ उडानमा मदिरा र सूर्तिजन्य पदार्थको ढुवानी हुने गरेको बाजुरा नागरिक उड्डयन कार्यलय बाजुराका निमित्त प्रमुख प्रसाद पौडेलले वताए
पौडेलका अनुसार नेपालगञ्ज तथा सुर्खेतबाट आउने अधिकांश चार्टर जहाजमा मदिरा हुन्छ ।
एउटा जहाजमा ७५ देखि १ किलोसम्म मदिरा ढुवानी गरेको पौडेलले बताए । यसरी दैनिक ५ सयदेखि ७ सय किलोग्राम मदिरा तथा सूर्तिजन्य पदार्थ बाजुरामा ढुवानी भइरहेको छ ।
नेपालगञ्ज तथा सुर्खेतबाट सिता, समिट र तारा एरले दैनिक बाजुरामा उडान भरिरहेका छन् ।
जहाजमार्फत कोल्टी विमानस्थलमा पुग्ने मदिरा खच्चरमार्फत बाजुराको चार वटा स्थानीय तह तथा कर्णाली प्रदेशका हुम्ला र मुगु जिल्लासम्म पुर्याइने गरिन्छ ।
कोल्टी बजारमा मदिरा पसल चलाइरहेका मंगल थापाले जहाजबाट नै मदिरा ढुवानी गर्ने गरेको स्वीकारे ।
यो क्षेत्रमा खाद्य संकट भएको लामो समय भइसकेको छ । यहाँका स्थानिय बजारमा खाद्यन्न अभाब रहेको छ । तर मदिरा भने फालाफाला पाइने गरेको बुढिनन्नदा नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामदत्त न्यौपाने बताउँछन् ।
पटक पटक नियन्त्रणका लागि प्रयास गर्दा पनि नेपालगञ्ज र सुर्खेतबाट मदिरा पठाउने क्रम नरोकिएको उनले बताए ।
‘हामीले जिल्ला प्रशासन कार्यलयलाई भनेको हो, तर अहिलेसम्म रोकिएको छैन,’ न्यौपाने भन्छन् ।
नागरिक उडयन कार्यलय कोल्टीका अनुसार १ महिनामा कोल्टी विमानस्थलमा १ सय ६० वटा उडान भएका छन् ।
६० प्रतिशत भन्दा बढि उडानमा मदिरा नै ढुवानी भएको कार्यलयले जनाएको छ । १ सय ६० उडानमा ९७ हजार ३ सय ४ केजी सामान ढुवानी भएको मध्ये धेरै मदिरा मात्र भएको कार्यलयका कर्मचारी बताउँछन् ।
बाजुराका प्रमुख जिल्लाअधिकारी कृष्ण गैह्रे भने यसरी मदिरा नआउनु पर्ने बताउँछन् ।
यस विषयमा आफूले बाँके र सुर्खेतको प्रमुख जिल्ला अधिकारीसँग कुरा गर्ने उनको भनाइ छ ।
निजी एरलाइन्सले मनोमानी ढंगले उडान भर्ने भएकाले यो समस्या भएको उनको भनाइ छ ।
यो क्षेत्रको कोल्टि खाद्य संस्थान र कवाडी डिपोमा चामल सकिएको दुई महिना भइसक्दासम्म पनि चामल भने आउन सकेको छैन । बडिमालिका खबरको सहयोगमा

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!