२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

५० हजार ट्न युरिया मल पठाउन बङ्गलादेश सहमत

Logo
प्रकाशित बुधबार, भाद्र १७, २०७७

ABC Sanchar
काठमाडौँ नेपाल र बङ्गलादेशबीच कोरोना भाइरस (कोभिड–१९) को अहिलेको सङ्कटको समयमा पनि सहकार्य बलियो बनाएर अगाडि बढ्ने सहमति भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका बङ्गलादेशी समकक्षी शेख हसिना वाजेदबीच मङ्गलबार दुई देशका अत्यावश्यक विषयमा थप सहकार्य गर्ने सहमति भएको हो ।
प्रधानमन्त्री ओली र वाजेदबीच भएको टेलिफोन वार्तामा दुई देश बीचको सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले हामीले दुई देशबीच व्यापार, ऊर्जा, पारवहन लगायत अन्य आवश्यकीय क्षेत्रलाई प्राथमिकता दिँदै सहकार्य वृद्धि गर्ने विषयमा जोड दियौँ भन्दै टेलिफोन वार्तामा भएका कुराकानीबारे उल्लेख गर्नुभएको छ । विद्युत् उत्पादनमा सहयोग, ग्रिड कनेक्टिभिटी र नेपालबाट बङ्गलादेशलाई बिजुली आपूर्ति गर्नका साथै दुई देशबीच अवरोधरहित सन्तुलित व्यापारको प्रवद्र्धन, बङ्गलादेशको पारवहन सुविधामा सुधार, पर्यटन प्रवद्र्धन र अन्य विषयमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले रोहनपुर हुँदै बङ्गलादेश पुग्ने रेल्वे मार्ग विस्तार गर्न अनुमति दिएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
वार्ता फलदायी रहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले नेपालको कृषि बालीका लागि अत्यावश्यक वस्तुका रूपमा रहेको युरिया मल पठाउन नेपालले गरेको आग्रहलाई सकारात्मक रूपमा लिनुभएको बताउनुभयो । साथै यस विषयमा बङ्गलादेशले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको छ ।
नेपालमा भइरहेको कोरोना नियन्त्रणको प्रयास प्रभावकारी रहेको भन्दै बङ्गलादेशका प्रधानमन्त्री हसिनाले प्रशंसा गर्नुभयो । उहाँले बङ्गलादेशको कृषि क्षेत्रको सफलताको कथाबाट फाइदा लिनसक्ने औँल्याउनुभयो । वार्ताका क्रममा पछि फिर्ता गर्ने शर्तका आधारमा ५० हजार टन युरिया मल पठाउन सहमति भएको छ । मल ढिला आउँदा नेपालको धान बालीलाई प्रतिकूल असर परिरहेको बेला नेपालका लागि यो ठूलो सहयोग हुनेछ ।
भारत लगायत सार्क मुलुकबाट आउने गरेको युरियासहित मलको आयात यसपटक कोरोना सङ्कटका कारण प्रभावित बनिरहेको छ । यसका कारण प्रधानमन्त्री ओलीले फोन गरेरै मित्रराष्ट्र बङ्गलादेशलाई तत्काल मल पठाइदिन आग्रह गर्नुभएको हो । यस सिजनमा हुर्कदै गरेको धान बालीका लागि मल अत्यावश्यक पोषण हो । प्रधानमन्त्री ओलीले बङ्गबन्धु शेख मुजिबुर रहमानको जन्म शताब्दीको अवसरमा बङ्गलादेशी समकक्षी, त्यहाँको सरकार र बङ्गलादेशका जनतालाई बधाईसमेत दिनुभयो ।
कोभिड–१९ महामारीविरुद्ध आफ्ना सरकारले गरेको प्रयासका अनुभव साटासाट गर्दै यो खतरा रोक्न सहयोग गर्ने विषयमा पनि दुई देशबीच सहमति भएको छ । सो क्रममा बङ्गलादेशले अपनाएको कदमको सराहना गर्दै कठिन घडीमा नेपाललाई औषधिसहित मेडिकल सामग्री सहयोग गरेकोमा प्रधानमन्त्री ओलीले कृतज्ञता व्यक्त गर्नुभयो ।
त्यस्तै नेपालमा सम्पन्न चौथो बिम्स्टेक शिखर सम्मेलनको स्मरण दुवै प्रधानमन्त्रीले गर्नुभयो । त्यस्तै बङ्गलादेशका राष्ट्रपतिको भ्रमणपछि सम्बन्ध अझ प्रगाढ बनाउन, प्रवद्र्धन गर्न र सुखद बनाउन उच्च स्तरीय भ्रमणलाई महìव दिएको धारणा दुवै प्रधानमन्त्रीले व्यक्त गर्नुभयो ।
नेपाल र बङ्गलादेशबीच सन् १९७२ देखि औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको हो । आपसी सहमति सहकार्य, अपनत्व र भाइचाराका रूपमा दुई देश बीचको सम्बन्ध अगाडि बढ्दै आएको छ ।
नेपाल र बङ्गलादेशबीच वाणिज्य र आर्थिक सम्बन्ध पछिल्लो समय फस्टाउँदै गएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई देशबीच व्यापार विस्तार र विविधीकरण गर्ने विशाल सम्भावना रहेकाले त्यस विषयमा दुई देशका सरकारबीच यस विषयमा सहकार्य गर्न पहलसमेत भइरहेको छ ।
नेपालबाट बङ्गलादेशमा पहेँलो दाल, तेल, अलैँची, गहुँ, तरकारीको बीउ, हस्तकलाका सामग्री, पस्मिना उत्पादन लगायतका वस्तु निर्यात हुन्छन् । बङ्गलादेशबाट औद्योगिक कच्चापदार्थ, रसायन, कपडा, जुट, विद्युतीय सामग्री नेपाल आउनेगर्छ । सन् १९९७ मा काँकरभिट्टा–फूलबारी–बङ्गलाबन्ध ट्रान्जिट मार्ग खोलिएपछि बङ्गलादेशले नेपाललाई मङ्गला बन्दरगाहको सुविधा उपभोग गर्न अनुमति दिएको थियो । त्यस्तै रोहनपुर–सिन्घवाद हुँदै नेपाललाई रेल्वे करिडोरको समेत सुविधा उपलब्ध गराएको छ । दुई देशबीच अर्थ मन्त्री स्तरमा सन् १९७८ मा संयुक्त आर्थिक आयोग गठन भएको थियो । बैङ्क, वित्तीय, बीमा जस्ता संयुक्त लगानीका क्षेत्र आपसी सहयोगका क्षेत्र हुन् । रेडिमेट गार्मेन्ट, छालाका सामान, फर्मास्युटिकल्स र पीभीसी पाइपको क्षेत्रमा नयाँ पहल भइरहेको छ ।
नेपाल बङ्गलादेश बीचको तेस्रो वाणिज्य सचिव स्तरको बैठक सन् २०१६ मा ढाकामा भएको थियो । त्यस्तै सचिव स्तरको प्राविधिक समितिको बैठक पनि २०१७ मा भएको थियो । गत वर्ष बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले नेपालको पाँचदिने पर्यटकीय अवलोकन भ्रमण गर्नुभएको थियो । सो क्रममा विविध क्षेत्रमा दुई देशबीच सहकार्य गरेर जाने प्रतिबद्धता उहाँले जनाउनुभएको थियो । गोर्खापत्र अनलाईनबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!