२१ फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

पाल्पाको तिनाउ पहिरोमा पुरिएर १ जनाको मृत्यु

Logo
प्रकाशित बुधबार, भाद्र १७, २०७७

ABCSanchar
पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित श्रीडाँडामा ढुङ्गासहितको पहिरो खस्दा मंगलबार राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माथागढी गाउँपालिका ७ रहवासकी २९ वर्षीया समीक्षा सोमै रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक मदन गिरीले जानकारी दिए । पहिरो खस्दा घाइते भएकी सोमैको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रउ गिरीले बताए ।
सोमैकी तीन वर्षीया छोरी करिष्मा पहिराले च्यापेर घाइते भएकी छन् । उनको लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै देशभरको सुरक्षा संयन्त्र पूर्ण रूपमा ‘हाई अलर्ट’ मा राखिएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की ले निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्ने वा उच्छृङ्खल गतिविधि गर्ने जो–कोहीलाई कडा रूपमा बल प्रयोग गरेर नियन्त्रणमा लिइने स्पष्ट चेतावनी दिएका छन्। निर्वाचन सुरक्षा व्यवस्थापनबारे जानकारी दिँदै आईजीपी कार्कीले गृह मन्त्रालयको […]

कर्णाली । सुर्खेत नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दिउँसो १ बजेर ५२ मिनेट जाँदा काठमाडौंबाट गएको ९एन–एओएल दर्ता नम्बर भएको जहाजको टायर पड्किएको हो । जहाजमा ५० यात्रु सवार थिए । जहाज अवतरण गरिसकेपछि पार्किङ क्षेत्रमा जाँदै गर्दा भएको उक्त घटनामा सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको समेत उनले […]

काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ। नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार १६५ जना शान्ति सैनिकहरूको अन्तिम टोली आज मिसन इलाकातर्फ प्रस्थान गरेको हो। निर्देशनालयले दिएको जानकारीअनुसार युनाइटेड नेसन्स मिसन इन साउथ सुडानमा तैनाथ चण्डीप्रसाद गण (शान्ति सेना)को एघारौँ डफ्फालाई […]

error: Content is protected !!