१२ साउन २०८२, सोमबार
28-07-2025 , Mon
×

रुकुमको सानीभेरीमा १२ वेडको आइसोलेशन कक्ष बनाइदै

Logo
प्रकाशित बुधबार, भाद्र १७, २०७७

मनोज डागी
रुकुम पश्चिम सानीभेरी गाउँपालिका ७ छोटेबगरमा रहेको सानीभेरी शिक्षा क्याम्पसको भवनमा १२ बेडको आइसोलेशन कक्ष निर्माण गरिने भएको छ । कोरोना महामारिका कारणले आउन सक्ने समस्यालाई मध्यनजर गर्दै सानिभेरी गाउपालिकामा पनि आइसोलेशन कक्ष निर्माण गर्न गरिने भएको हो ।
सानिभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनका अनुसार गाउँपालिका अस्पताल नजिकै रहेको शिक्षा क्याम्पसको खाली भवनलाई उपयोग गरी आइसोलेशन कक्ष निर्माण गर्न लागिएको छ । अस्पताल नजिकै भएकाले उक्त भवन उपयुक्त देखिएको अध्यक्ष पुनको भनाई रहेको छ । अहिले तत्काल भवन निर्माण गर्न सम्भव छैन । क्याम्पसको भवन खालि भएकाले तत्काल त्यसैलाई उपयोग गरेका छौं अध्यक्ष पुनले बताउनुभयो ।
मंगलबार जिल्ला स्वास्थ्य कार्यालय रुकुम पश्चिमका प्रमुख महेश चौलागाईं, डाक्टर राजकुमार भूजेल, सानिभेरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भुपाल सिं बिष्ट, कोरोना रोग नियन्त्रण फोकल पर्सन इश्वर रावल¸ सानीभेरी गाउँपालिका स्वास्थ्य संयोजक छविलाल केसी सहितको संयुक्त टोलिले आइसोलेशन निर्माण गरिने भवनको स्थलगत अनुगमन गरेको हो ।
उक्त आइशोलेसन कक्ष २ दिन भित्रैमा तयार गरिने छ । अनुगमनका क्रममा जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख महेश चौलागाईंले आगामी दिनमा प्राबिधिक तथा अन्य सहयोगको लागि स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिम अग्रपंक्तिमा भयर काम गर्ने प्रतिबद्धता राख्नु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुपन्देही । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका अनुसार मृत्यु हुनेमा ९८ पुरुष र २३ महिला रहेका छन् । गत आर्थिक वर्षमा जिल्लामा कुल ८०२ वटा सवारी दुर्घटना भएका थिए, जसमा १ हजार १६२ सवारीसाधन संलग्न थिए । ट्राफिक प्रहरी प्रमुख रन्जु केसीले सुविधासम्पन्न सडकमा चालकको लापरबाही र तीव्र गतिका कारण दुर्घटना बढेको बताइन् । […]

दाङ । लसीपुर ७ को मोतिपुरमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएका बरिष्ठ हवल्दार बराइली घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले जानकारी दिनुभयो । इप्रका तुलसीपुरबाट अन्य दुईजना सादा पोशाकका प्रहरीलाई साथमा लिएर हिजो आइतबार दिउँसो साढे २ बजेको समयमा गएका बरिष्ठ हवल्दार बराइली लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा […]

खेतीको समयमा बाँके जिल्लामा मलको चरम अभाव किसानहरुले मल नपाएपछि तनाव र चिन्ता बाँके । पर्याप्त वर्षा नभएपछि मोटर र अन्य सिँचाइका माध्यमबाट धान रोपेका किसानहरुले मल नपाएपछि तनाव र चिन्ता बढेको गुनासो गरेका छन् । बाँकेका किसानलाई वितरण गर्ने लक्ष्य अनुसारको रासायनिक मल प्राप्त नभएकाले मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड बाँकेका शाखा […]

error: Content is protected !!