०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि बन्द गरिएको अस्पताल आईतबार देखि सुचारु

Logo
प्रकाशित बुधबार, भाद्र १७, २०७७

ABC Sanchar अर्घाखाँची अस्पताल परिषर्मा रहेको स्वास्थ्य कार्यालयमा कार्यरत दुईजना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि सोमबार देखि ईमरर्जेन्सी र प्रशुति सेवा बाहेक सम्पुर्ण सेवा बन्द रहेका थिए ।
भोली देखि सम्पुर्ण सेवा खुल्ने भएका छन । लुम्बिनी प्रादेशिक अस्पतालमा बुटवलमा गत सोमबार स्वाब संकलन गरि पठाइएको डाक्टर र स्वास्थ्य कर्मीको पिसिआर रिपोर्ट नेगेटिभ आएकोले सम्पुर्ण सेवा भोली देखी खुल्ने अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिनुभयो ।
यसअघि गत आईतबार २ जना स्वास्थकर्मी, १ जना सञ्चारकर्मी, १ जना कार्यालय प्रमुख सहित १३ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।
सक्रमितको सम्पर्कमा आएका १ सय ११ जनाको स्वाव संकलन गरि सोमबार पठाइएको मध्ये ९७ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका जन स्वास्थ्य निरिक्षक गणेशराज पौडेलले बताउनु भयो । अब १४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । कलैया स्थित यातायात व्यवस्था कार्यालयमा लिखित तथा ट्रायल परीक्षामा व्यापक भ्रष्टाचार, अनियमितता र सेटिङ भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय बनेपछि कार्यालय प्रमुख अर्विन्द्र दास गम्भीर विवादमा छन्। कार्यालय प्रमुख दासमाथि सेवाग्राहीसँग करोडौँ रुपैयाँ असुली, पद र शक्तिको दुरुपयोग, परिवारका सदस्य प्रयोग गरी अवैध धन्दा सञ्चालन, तथा कर्मचारीमाथि कुटपिट जस्ता गम्भीर आरोप […]

फिल्डमा खटिएका सुरक्षाकर्मी, नेपाल प्रहरी प्रमुख, सेना प्रमुख र तत्कालीन मुख्यसचिवसम्मको बयान आयोगले लिएको छ । अब तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको मात्र बयान बाँकी छ । २३ र २४ भदौका घटनाबारे जाँचबुझ आयोगले सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिएको छ। सबै अधिकारीहरूले बाध्यात्मक परिस्थितिमा बल प्रयोग गर्नुपरेको र स्थिति नियन्त्रणका लागि गोली […]

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले मंगलबार आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले इन्स्पेक्टर थापालाई बिदाइ गरेका हुन् । नेपाल प्रहरी संगठनमा २०५२ पुस १ गते भर्ना भई ३० वर्षे सेवा अवधि पूरा गरेर मिति २०८२ पुस १ गते उनी अनिवार्य अवकाशमा गएका हुन् । सो अवसरमा […]

error: Content is protected !!