०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

राप्तीपारी गाउँमा चेकजाँच ३३ हजार राज्श्वव संकलन १७ मोटरसाइकल कार्वाहीमा

Logo
प्रकाशित बिहिबार, भाद्र १८, २०७७

महेन्द्र सिंह
बाँके राप्तीसोनारी गाउँपालिकाको दक्षिणी भेगमा प्रहरीले बुधबार सवारीसाधनको कडा चेकजाँच गरेको छ। चेकजाँचका क्रममा प्रहरीले राप्तीसोनारीको वडा नम्बर ६ को कुन्दा चोक , वडा नम्बर ६ कै सिद्धश्वर स्कुल चोक र वडा नम्बर ७ को लालपुरबाट कागजपत्र नबोकेर गुडेका १७ मोटरसाइकललाई नियन्त्रणमा लिएको छ।
त्यस्तै ३३ सवारीसाधनबाट चेकिङस्थलमै ३३ हजार राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले बताए।
नियन्त्रणमा लिएका मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय कम्दीमा राखिएको छ। ३ स्थानमा गरिएको चेक जाँचमा कुन्दा चोकमा ट्राफिक प्रहरी प्रमुख बम, सिद्धश्वर स्कुल चोकमा कम्दी प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक सुरेन्द्र पन्त र लालपुरमा जिल्ला प्रहरी बाँकेका प्रहरी निरीक्षक खडक मल्लको नेतृत्वमा सवारीसाधनलाई नियन्त्रणमा लिइएको हो।
चेकजाचमा फत्तेपुर प्रहरी चौकी(ख)का प्रहरी सहायक निरीक्षक राम बहादुर चन्द लगायत ५० बढी प्रहरी र ट्राफिक प्रहरीले दिनभर चेकजाँच गरेका थिए।
यसरी प्रहरी र ट्राफिक प्रहरीले राप्तीसिनारीको दक्षिणी भेगमा गरेको संयुक्त चेकजाँचले त्यहाँका स्थानीयले अब भने कागजपत्र बोकेर सवारीसाधन चलाउनु पर्ने पाठ सिकेका छन् ।
नियन्त्रणमा लिएर कम्दी प्रहरीमा राखिएक मोटरसाइकललाई भने सवारीधनीले कागजपत्र लिएर आएर जरिवाना तिरेर आफ्नो मोटरसाइकल लिन सकिने प्रहरी नायब निरीक्षक पन्तले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका लागि प्रस्थान गरेका हुन्। उनी कतार एयरवेजको ‘क्यूटीआर-६४५’ कल साइनको बोइङ ७८७-८ ड्रिमलाइनर जहाजबाट अमेरिका प्रस्थान गरेका छन्। उनी अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासघमा सहभागी हुनेछन्। उनले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यो प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण हो। काठमाडौँबाट कतारको दोहा हुँदै अमेरिका […]

अबको आन्दोलन सडकमै बस्ने, सडकमै खाने, सडकमै सुत्ने हुनेछ : स्थानीयवासीहरू घोराही । घोराही–सिस्ने खोला–मुर्कुटी सडक निर्माणका लागि ठोस योजना नबनाइए तिहारपछि कडा आन्दोलनमा उत्रिने स्थानीयवासीहरूले चेतावनी दिएका छन्। वर्षौं बितिसक्दा पनि सडकको अवस्था सुधार नभएको भन्दै मंगलबार विभिन्न टोल विकास संस्था तथा स्थानीयवासीका प्रतिनिधिहरूले सडक डिभिजन कार्यालय दाङमा पुगेर यस्तो चेतावनी दिएका हुन्। स्थानीयवासीका […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँके कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो महिनासमेत देशभरकै उत्कृष्ट बनेको छ। ‘क’ श्रेणीमा रहेका १२ जिल्ला प्रहरी कार्यालयमध्ये बाँकेले असार, साउन र भदौमा लगातार पहिलो स्थान हासिल गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो नौ महिनाको मूल्याङ्कनमा बाँके पाँचपटक प्रथम र एकपटक दोस्रो भएको छ। यसअघि चैत र वैशाखमा पनि बाँके […]