११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

रुकुममा नेकपा छोडेर एक दिन ७० जनाले काँग्रेस प्रवेश गरे

Logo
प्रकाशित शनिबार, भाद्र २०, २०७७

मनाेज डाँगी रुकुम पश्चिम पछिल्लो समय गाउँमा आफ्ना गतिविधिलाई सक्रिय बनाउदै अगाडि बढेको नेपाली काँग्रेस रुकुमले अन्य विभिन्न पाटी छाडेर आफ्नो पाटीमा प्रवेश गर्नेकाे लहर बढेको जनाएको छ ।
यसै क्रममा रुकुम पश्चिमकाे आठबिसकाेट नगरपालिका १० काे झिनचाैरमा शुक्रबार नेकपा परित्याग गरि ४३ जनाले नेपाली काँग्रेस परिवेश गरेको नेपाली काँग्रेस आठबिसकाेट नगर सभापति कमल शाहले जानकारी दिए ।उक्त वडा आठबिसकाेट नगरपालिका मेयर गाेर्ख बहादुर केसी सन्देश काे वडा हाे ।
नेकपाका कार्यशैली र पक्षपात पुर्ण व्यवहार बाट आजित बनेर नेपाली काँग्रेस प्रवेश गरेको नव प्रवेशीलाई उदृत गर्दै सभापति शाहले जानकारी दिए।
।यस्तै शुक्रबार नै जिल्लाकाे पश्चिम चाैरजहारी नगरपालिकामा पनि २७ युवाहरुले नेकपा परित्याग गरि नेपाली काँग्रेस प्रवेश गरेको काँग्रेसले जनाएको छ । चाैरजहारी नगरपालिका ४ अमलटाकुरामा आयाेजित कार्यक्रममा २७ जना युवाले प्रवेश गरेको नेपाली काँग्रेसका नेता तिलक भण्डारीले जानकारी दिए ।नव प्रवेशीलाइ पाटी सभापति प्रेम प्रकाश ओली,नेता तिलक भण्डारी ,नगर सभापति परमेश्वर भण्डारी आदीले स्वागत गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सभापति रवि लामिछानेलाई थुनेर सरकारले ठूलो गल्ती गर्‍यो उपसभापति डा. स्वर्णिम वाग्ले काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले वर्तमान सत्ता गठबन्धन सरकारले पार्टी सभापति रवि लामिछानेलाई थुनेर ठूलो गल्ती गरेको बताएका छन्। शनिबार रास्वपा रामेछाप उमाकुण्ड–काठमाडौं सम्पर्क विभागको भेलालाई सम्बोधन गर्दै डा. वाग्लेले यस्तो बताएका हुन । उनले त्यसको नतिजा […]

सर्लाही । सिरहाको सीमा क्षेत्र नवराजपुर गाउँपालिका–४ मा प्रहरीले गोली चलाएर एक भारतीय लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । भारतको मधुवनी जिल्ला, ग्रामपंचायत विरपुर–९ का ३८ वर्षीय श्यामसुन्दर पासवान पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले अन्दाजी ५० ग्राम खैरो हिरोइन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी विरेन्द्र पासवानका अनुसार, […]

काठमाडौं । थाइल्यान्ड सीमा क्षेत्रमा द्वन्द्व चर्किँदै गएपछि दुवै देशबीच ठूलो युद्धको खतरा बढेको अल जजिराले जनाएको छ । कम्बोडियाको ओडर मेन्चे प्रान्तमा बिहीवार थाइल्यान्डको तोप आक्रमणले क्षति पुर्‍याएको बौद्ध गुम्बाबाट एक जनाको शव निकाल्दै गरेका कम्बोडियन सैनिकहरूको तस्बिर सार्वजनिक भएको छ । हिजो कम्बोडियन सेनाले सात जना सर्वसाधारण र पाँच जना सैनिक गरी थप […]

error: Content is protected !!