११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

रुकुममा नेकपा छोडेर एक दिन ७० जनाले काँग्रेस प्रवेश गरे

Logo
प्रकाशित शनिबार, भाद्र २०, २०७७

मनाेज डाँगी रुकुम पश्चिम पछिल्लो समय गाउँमा आफ्ना गतिविधिलाई सक्रिय बनाउदै अगाडि बढेको नेपाली काँग्रेस रुकुमले अन्य विभिन्न पाटी छाडेर आफ्नो पाटीमा प्रवेश गर्नेकाे लहर बढेको जनाएको छ ।
यसै क्रममा रुकुम पश्चिमकाे आठबिसकाेट नगरपालिका १० काे झिनचाैरमा शुक्रबार नेकपा परित्याग गरि ४३ जनाले नेपाली काँग्रेस परिवेश गरेको नेपाली काँग्रेस आठबिसकाेट नगर सभापति कमल शाहले जानकारी दिए ।उक्त वडा आठबिसकाेट नगरपालिका मेयर गाेर्ख बहादुर केसी सन्देश काे वडा हाे ।
नेकपाका कार्यशैली र पक्षपात पुर्ण व्यवहार बाट आजित बनेर नेपाली काँग्रेस प्रवेश गरेको नव प्रवेशीलाई उदृत गर्दै सभापति शाहले जानकारी दिए।
।यस्तै शुक्रबार नै जिल्लाकाे पश्चिम चाैरजहारी नगरपालिकामा पनि २७ युवाहरुले नेकपा परित्याग गरि नेपाली काँग्रेस प्रवेश गरेको काँग्रेसले जनाएको छ । चाैरजहारी नगरपालिका ४ अमलटाकुरामा आयाेजित कार्यक्रममा २७ जना युवाले प्रवेश गरेको नेपाली काँग्रेसका नेता तिलक भण्डारीले जानकारी दिए ।नव प्रवेशीलाइ पाटी सभापति प्रेम प्रकाश ओली,नेता तिलक भण्डारी ,नगर सभापति परमेश्वर भण्डारी आदीले स्वागत गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा सिदिकीले उठाएको मुद्दा एकदमै सान्दर्भिक छ। युट्युब, टिकटक, फेसबुक रिल्स बनाएर “भ्यूस” बटुली घर चलाउने हजारौं युवा/महिला छन् नेपालमा। उनीहरूलाई “भिखारी”,समाज बिगार्ने” भनेर गाली गर्ने, दुर्व्यवहार गर्ने सोच साँच्चै अपराधी सोच हो। डिजिटल दुर्व्यवहार बढ्दो छ कमेन्टमा गाली, थ्रेट, डक्सिङ, महिलालाई चरित्र हत्या गर्ने प्रवृत्ति धेरै छ। यो “अभिव्यक्ति” […]

  अर्घाखाँची । गाउँमै बसेर आफ्नो वडाको विकास योजना छान्ने यो अभ्यास एकदमै राम्रो हो। “जनताको सरकार,जनताको योजना भनेको यस्तै हो। तल्लो तहबाटै योजना टोल-टोलमा गएर किसान, आमा समूह, युवा, दलित सबैको राय लिन्छन्। सडक चाहिन्छ कि खानेपानी, कृषि मल डिपो चाहिन्छ कि स्वास्थ्यचौकी – जनता आफैले भन्छन्। पारदर्शिता वडामा कति बजेट आयो, त्यो कहाँ […]

कर्णाली प्रदेश । सुर्खेत हाम्रो समाज कता जाँदै छ त? ३ वटा संकेत देखिन्छन् दाइ/दिदी, माफी पाउँ” भनेर सकिने कुरा अहिले क्यामरा अगाडि, सामाजिक सञ्जालमा ल्याएर इगोको युद्ध हुन्छ। समन्वय र सद्भावको ठाउँमा “मैले जित्नुपर्छ” भन्ने भावना आयो। अहिले “जे पनि गरेर भाइरल हुनुपर्छ” भन्ने परिपाटी आयो। क्यामरामेन-महिला झगडा पनि भोलि रिल बन्छ। गम्भीर कुरा […]

error: Content is protected !!