१४ साउन २०८२, बुधबार
30-07-2025 , Wed
×

लकडाउनको समयमा १७ जना युवतीहरु हराएका छ्न:माइती नेपाल

Logo
प्रकाशित आइतबार, भाद्र २१, २०७७

महेन्द्र सिंह बाँकेमा लामो लकडाउले गर्दा सवारी साधन नचलेको र एक जिल्लाबाट अर्को जिल्लामा जान कठिनाई भएको अवस्थामा १७ जना युवती हराएका छन् । मावन बेचबिखन तथा ओसारपसारविरुद्धको १४ औं राष्ट्रिय दिवसका अवसरमा माइती नेपाल, नेपालगञ्जले सार्वजनिक गरेको तथ्यांक अनुसार, एक वर्षमा यहाँबाट ५ सय ८५ जना हराएका छन् । त्यसमा २ सय ८० जना फेला परेका छन् । विगतमा भन्दा यो वर्ष खोजतलासको निवेदन कम परेको छ ।
चैत्र ११ गतेदेखि नेपालमा बन्दाबन्दी भएको थियो । बन्दाबन्दीमा पनि मानव बेचबिखनका दलाल सक्रिय रहेको खोजतलासका लागि परेको निवेदनहरुले देखाएको छ । बन्दाबन्दीमा हराएका १७ मध्येमा पाँच युवती फेला परेका छन् । माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाका अनुसार, दुई जनालाई काठमाडौंबाट उद्धार गरिएको छ । एक महिलाले राम्रो काम लगाइदिन्छु भन्दै उनीहरुलाई काठमाडौं पु¥याएकी थिइन् ।
बन्दाबन्दीले गर्दा तेस्रो मुलुकमा जोखिमपूर्ण यात्रा गराउन सम्भव नभएपनि आन्तरिक बेचबिखनको खतरा बढाएको माइती नेपाल, नेपालगञ्जका संयोजक कोइरालाले बताउनुभयो । ‘यातायातका साधन चलेका छैनन्, एक ठाउँबाट अर्को ठाउँमा जान पाइदैन, कोइरालाले भन्नुभयो, तर पनि युवतीहरु हराइरहेका छन् । आन्तरिक बेचबिखनको खतरा बढेको छ ।’
हराएका युवतीहरुले फोन र सामाजिक सञ्जालको व्यापक प्रयोग गरेको देखिएको छ । माइती नेपाल, नेपालगञ्जका अनुसार, नेपालगञ्ज नाकाबाट एक वर्षमा ५ सय ७७ जनालाई फिर्ता पठाइएको छ । त्यसमध्येमा एकजनालाई बन्दाबन्दीको क्रममा नाकाबाट फर्काइएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत आर्थिक वर्ष २०८१/०८२ मा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपालीहरूको शव सम्बन्धित परिवारलाई बुझाइएको जनाएको हो । प्रहरीको तथ्यांक अनुसार सबैभन्दा बढी मृत्यु हुनेमा २६ देखि ३० वर्ष उमेर समूहका युवाहरू रहेका छन् । यस उमेर समूहका २३३ जनाको शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ । त्यस्तै २० वर्षभन्दा कम उमेरका २९ […]

बाँके । नेपालगन्ज रासायनिक मलको अभावले किसानहरू गम्भीर समस्यामा परिरहेका बेला योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपाल बाँकेले जिल्ला प्रशासन कार्यालय बाँके मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । वाइसीएलका केन्द्रीय सचिवालय सदस्य किस्मत आली शेष ‘जीत’ को प्रमुख उपस्थितिमा बाँके जिल्ला अध्यक्ष नरेन्द्र ददेलद्धारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा तत्काल मल आपूर्ति सुनिश्चित गर्न माग गर्दै आन्दोलनको चेतावनीसमेत […]

पर्सा । नेपालको मधेश प्रदेश—देशको समथर भूभाग, जहाँ देशको एक तिहाइभन्दा बढी जनसंख्या बसोबास गर्छ—आज गम्भीर जल संकटको सामना गरिरहेको छ। पानी मानव जीवनको आधार हो, तर यतिबेला मधेशवासीहरूलाई स्वच्छ पिउने पानीको अभावसँगै सिँचाइ र सरसफाइको लागि आवश्यक पानीको हाहाकार झेल्नुपरेको छ। यस संकटको जरा केवल प्राकृतिक स्रोतको सीमिततामा छैन, यो राजनीतिक इच्छाशक्ति, नीति निर्माणमा […]

error: Content is protected !!