११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

लकडाउनको समयमा १७ जना युवतीहरु हराएका छ्न:माइती नेपाल

Logo
प्रकाशित आइतबार, भाद्र २१, २०७७

महेन्द्र सिंह बाँकेमा लामो लकडाउले गर्दा सवारी साधन नचलेको र एक जिल्लाबाट अर्को जिल्लामा जान कठिनाई भएको अवस्थामा १७ जना युवती हराएका छन् । मावन बेचबिखन तथा ओसारपसारविरुद्धको १४ औं राष्ट्रिय दिवसका अवसरमा माइती नेपाल, नेपालगञ्जले सार्वजनिक गरेको तथ्यांक अनुसार, एक वर्षमा यहाँबाट ५ सय ८५ जना हराएका छन् । त्यसमा २ सय ८० जना फेला परेका छन् । विगतमा भन्दा यो वर्ष खोजतलासको निवेदन कम परेको छ ।
चैत्र ११ गतेदेखि नेपालमा बन्दाबन्दी भएको थियो । बन्दाबन्दीमा पनि मानव बेचबिखनका दलाल सक्रिय रहेको खोजतलासका लागि परेको निवेदनहरुले देखाएको छ । बन्दाबन्दीमा हराएका १७ मध्येमा पाँच युवती फेला परेका छन् । माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाका अनुसार, दुई जनालाई काठमाडौंबाट उद्धार गरिएको छ । एक महिलाले राम्रो काम लगाइदिन्छु भन्दै उनीहरुलाई काठमाडौं पु¥याएकी थिइन् ।
बन्दाबन्दीले गर्दा तेस्रो मुलुकमा जोखिमपूर्ण यात्रा गराउन सम्भव नभएपनि आन्तरिक बेचबिखनको खतरा बढाएको माइती नेपाल, नेपालगञ्जका संयोजक कोइरालाले बताउनुभयो । ‘यातायातका साधन चलेका छैनन्, एक ठाउँबाट अर्को ठाउँमा जान पाइदैन, कोइरालाले भन्नुभयो, तर पनि युवतीहरु हराइरहेका छन् । आन्तरिक बेचबिखनको खतरा बढेको छ ।’
हराएका युवतीहरुले फोन र सामाजिक सञ्जालको व्यापक प्रयोग गरेको देखिएको छ । माइती नेपाल, नेपालगञ्जका अनुसार, नेपालगञ्ज नाकाबाट एक वर्षमा ५ सय ७७ जनालाई फिर्ता पठाइएको छ । त्यसमध्येमा एकजनालाई बन्दाबन्दीको क्रममा नाकाबाट फर्काइएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

*पारदर्शिता नहुने शुल्क उठाइको समस्या:* 1. *आधार*: यदि यो धनकुटा नगरपालिकाको आधिकारिक कर/शुल्क हो भने राजपत्रमा प्रकाशित हुनुपर्छ, दररेट र उद्देश्य स्पष्ट हुनुपर्छ। सूचना बोर्ड, रसिद, उठाउने व्यक्तिको परिचयपत्र अनिवार्य हुन्छ। 2. *सेवाविना शुल्क*: पार्किङ, सरसफाइ, व्यवस्थापन जस्तो सेवा नदिई “बजार हुँदै गएको भरमा” शुल्क लिनु कर होइन, असुली हुन्छ। 3. *धम्की*: “चाबी खोस्छु” भन्ने […]

बाँके । नेपालकै सबैभन्दा गर्मी हुने जिल्लामध्येको बाँकेको *इलाका प्रहरी कार्यालय कोहलपुर*ले थुनुवा कक्षमै एसी जडान गरेर उदाहरणीय कदम चालेको छ। यो नेपालमै पहिलो पटक भएको मानिन्छ। *के भयो:* – *डीएसपी चक्र डमरपाल*को नेतृत्व र *कोहलपुर नगरपालिका*को सहयोगमा थुनुवा कक्षमा २ वटा एसी जडान गरिएको छ। – चर्को गर्मीमा रहेका कैदीबन्दीको स्वास्थ्य सुरक्षा र सहजताका […]

बाँके । नेपाल पत्रकार महासंघ बाँके*को १५औं साधारण सभा उद्घाटन गरिएको छ। उद्घाटन *पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन*ले गरेका हुन्। साधारण सभामा बाँके जिल्लाका पत्रकारहरूको पेसागत हकहित, प्रेस स्वतन्त्रता, मिडियामा देखिएका चुनौती र सङ्गठनको आगामी कार्ययोजनाबारे छलफल हुन्छ। यस्ता साधारण सभाले स्थानीय पत्रकारको समस्या केन्द्रमा पुर्‍याउन र संगठनलाई सक्रिय बनाउन भूमिका खेल्छ। बाँके पत्रकार […]

error: Content is protected !!