०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

लकडाउनको अवधिमा भएका ७७ दुर्घटनामा २८ जनाले ज्यान गुमाए ट्राफिक प्रमुख बम

Logo
प्रकाशित आइतबार, भाद्र २१, २०७७

सागर थापा/महेन्द्र सिंह
बाँकेमा हरेक दिन मुख्य राजमार्ग तथा भित्रि सडकहरुमा साना तथा ठुला दुर्घटना हुने गरेका छन । बाँके सहित देशभर नोवेल कोरोना भाईरस (कोभिड-१९) को प्रभाव बढ्दो छ । कोरोनाको संक्रमण रोक्न सरकाले जारी गरेको बन्दाबन्दीका कारण विगत पाँच महिनादेखी पूर्ण तथा आशिंक रुपमा सवारी साधन संचालनमा रोक लगाईएको छ । यद्यपी यस अवधिमा समेत बाँकेमा सवारी दुर्घटनाको अवस्था भयावह छ ।
पाँच महिनाभन्दा लामो लकडाउनमा सवारी गतिविधि आंशिक मात्रै भए पनि मृत्यु हुनेको सँख्यामा भने कमी नआएको ट्राफिक प्रहरीको तथ्याङले पुष्टि गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्याङ्क अनुसार लकडाउन अवधिभर बाँकेमा साना-ठुला गरी ७७ वटा सवारी दुर्घटना भएका छन । पूर्व-पश्चिम राजमार्गसँग जोडिएको बाँकेमा मुख्य राजमार्ग भन्दा कोहलपुर-नेपालगन्ज सडकखण्डमा दुर्घटना हुने दर बढि छ । चार लेन सडकका कारण पनि सडक दुर्घटना बढि हुने गरेको ट्राफिक प्रहरीको बुझाई छ । लकडाउनको अवधिमा भएका ७७ दुर्घटनामा बाँकेमा मात्र २८ जनाले ज्यान गुमाएका छन । ज्यान गुमाउनेमा सबैभन्दा बढि २३ महिला, ३ पुरुष र २ बालक रहेका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले चालकको लापरवाहीका कारण अधिकाशं दुर्घटना हुने गरेका छन । समग्र जिल्लामा हुने दुर्घटनामध्ये पूर्व-पश्चिम राजमार्ग र कोहलपुर-नेपालगन्ज सडकखण्डमा हुने दुर्घटनाको दर बढिरहेको बमले बताए । बाँकेमा प्राय दुर्घटना दुईपाङ्ग्रे सवारी साधनका कारण हुने गरेका छन । जसमध्ये मोटरसाईकल दुर्घटनाको मात्रा अत्याधिक रहेको छ । त्यसैगरी जिप र अन्य ठुला सवारी साधन समेत दुर्घटनामा पर्ने गरेको भएपनि मोटरसाईकल दुर्घटनाका कारण ज्यान गुमाउनेको सँख्या अत्याधिक रहेको ट्राफिक प्रमुख बम बताउँछन । सवारी दुर्घटनामा ज्यान गुमाउनेको तुलनामा घाईते हुनेको सँख्या उल्लेख्य छ । लकडाउन अवधिभर भएका सडक दुर्घटनामा गम्भीर तथा सामान्य गरी १२२ जना ब्यक्ति घाईते भएका छन । जसमा ४६ पुरुष, ८ महिला, २ बालक र २ बालिका गरी ५८ जना गम्भीर घाईते भएका छन भने ४९ पुरुष, १३ महिला र २ बालक गरी ६४ जना सामान्य घाईते भइ उपचारपछि घर फर्किएका छन । गम्भीर अवस्थाका घाईतेहरुको अझैं पनि उपचार भईरहेको ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्याङ्कमा उल्लेख गरीएको छ । यसबिचमा भएका सवारी दुर्र्घटनामा एउटा चौपायाले ज्यान गुमाएको छ भने ३० वटा चौपाया घाईते समेत भएका छन । कोहलपुर नेपालगन्ज सडकखण्डमा अनियन्त्रित रुपमा छाडीएका पशुचौपायाकै कारण दुर्घटनाको जोखिम बढिरहेको ट्राफिक प्रमुख बमले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशको राजधानी रहेको दाङको देउखुरीमा राप्ती गाउँपालिका–२ लालमटियाको टुँडिखेलमा ‘सातौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०८२’ सञ्चालन गरिने भएको छ । राप्ती उद्योग वाणिज्य संघ, भालुवाङले आगामी पुस २५ गतेदेखि माघ ११ गतेसम्म महोत्सव सञ्चालन गर्ने जनाइएको छ। संघले सोमवार अपरान्ह भालुवाङस्थित आफ्नै कार्यालयको सभाहलमा पत्रकार सम्मेलन मार्फत […]

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

error: Content is protected !!