०१ चैत्र २०८२, आइतबार
15-03-2026 , Sun
×

कोविड १९ को बढ्दो संक्रमण न्युनिकरणमा सहयोगि भूमिका निर्वाह गर्नुहोस् : अध्यक्ष बास्कोटा

Logo
प्रकाशित आइतबार, भाद्र २१, २०७७

, दाङ । नेपाल औषधि थोक व्यवसायी संघका केन्द्रिय अध्यक्ष शिवराज बास्कोटाले कोविड १९ को बढ्दो संक्रमण न्युनिकरण गर्न जिल्लामा अवस्थित सरोकारवाला निकायहरु संग समन्वय गरी सामुदायिक सचेतना लगायतका कृयाकलापहरु संचालन गर्न र आवश्यक परेको खण्डमा स्वास्थ्य सामाग्री समेत उपलब्ध गराउन पहल गर्नको लागि संघमा आवद्ध सम्पूर्ण थोक व्यबसायीहरुलाई आग्रह गर्नु भएको छ ।
नेपाल औषधि थोक व्यवसायी संघ ५ न. प्रादेशिक समिति दाङका अध्यक्ष शालिकराम आचार्यको अध्यक्षतामा शनिबार डिजिटल संवाद सम्पन्न भएको छ । डिजिटल संवादमा प्रमुख अतिथिको रुपमा बोल्दै केन्द्रिय अध्यक्ष बास्कोटाले कोरोनाको प्रकोप संगै विश्वभर आर्थिक मन्दी भएकोले बिदेशबाट आयात गर्नुपर्ने कच्चा पदार्थहरुको अभावको कारण नेपाली औषधी कम्पनीहरुलाई औषधी उत्पादन र बितरणमा समस्या भएको बताउनुभएको छ । जसले गर्दा औषधी आयात गरी बिक्री बितरण गर्ने कम्पनीहरुको पनि आयात-निर्यातमा पर्ने समस्याको कारण उधारोमा कारोवार गरिने औषधी व्यापार नगदमा रुपान्तरण गर्न गरिएको आग्रहलाई आत्मसात गर्दै परिस्थिती सहज नहुँदा सम्म कम्पनीहरुले विगतमा अपनाईरहेको व्यापार नितीलाई यथावत राख्न अनुरोध गर्नुभयो ।
साथै उहाँले वर्तमान परिस्थितीमा औषधीको खपत कम हुँदै गएकाले देशैभरिका थोक व्यवसायीहरुको गोदाममा ठुलो मात्रामा स्टक भएका सामानहरु म्याद गुज्रन लागेको हुँदा उक्त सामानको हिसाव यथाशिघ्र मिलान गर्न पनि कम्पनीहरुसंग आग्रह गर्नुभयो ।
डिजिटल संवादमा जोडिनुभएका सबै सदस्यहरुले प्रबिधीको उच्चतम प्रयोग गर्दै यस्तो विषम परिस्तिथिमा पनि केन्द्रिय अध्यक्ष लगाएत सहभागि सदस्यहरु बिच विचार आदान-प्रदान गर्न पाएकोमा खुशी व्यक्त गर्नु भएको थियो । डिजिटल संवादको सहजिकरण संघका महासचिव तुफानबाबु श्रेष्ठले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!