०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

कोविड १९ को बढ्दो संक्रमण न्युनिकरणमा सहयोगि भूमिका निर्वाह गर्नुहोस् : अध्यक्ष बास्कोटा

Logo
प्रकाशित आइतबार, भाद्र २१, २०७७

, दाङ । नेपाल औषधि थोक व्यवसायी संघका केन्द्रिय अध्यक्ष शिवराज बास्कोटाले कोविड १९ को बढ्दो संक्रमण न्युनिकरण गर्न जिल्लामा अवस्थित सरोकारवाला निकायहरु संग समन्वय गरी सामुदायिक सचेतना लगायतका कृयाकलापहरु संचालन गर्न र आवश्यक परेको खण्डमा स्वास्थ्य सामाग्री समेत उपलब्ध गराउन पहल गर्नको लागि संघमा आवद्ध सम्पूर्ण थोक व्यबसायीहरुलाई आग्रह गर्नु भएको छ ।
नेपाल औषधि थोक व्यवसायी संघ ५ न. प्रादेशिक समिति दाङका अध्यक्ष शालिकराम आचार्यको अध्यक्षतामा शनिबार डिजिटल संवाद सम्पन्न भएको छ । डिजिटल संवादमा प्रमुख अतिथिको रुपमा बोल्दै केन्द्रिय अध्यक्ष बास्कोटाले कोरोनाको प्रकोप संगै विश्वभर आर्थिक मन्दी भएकोले बिदेशबाट आयात गर्नुपर्ने कच्चा पदार्थहरुको अभावको कारण नेपाली औषधी कम्पनीहरुलाई औषधी उत्पादन र बितरणमा समस्या भएको बताउनुभएको छ । जसले गर्दा औषधी आयात गरी बिक्री बितरण गर्ने कम्पनीहरुको पनि आयात-निर्यातमा पर्ने समस्याको कारण उधारोमा कारोवार गरिने औषधी व्यापार नगदमा रुपान्तरण गर्न गरिएको आग्रहलाई आत्मसात गर्दै परिस्थिती सहज नहुँदा सम्म कम्पनीहरुले विगतमा अपनाईरहेको व्यापार नितीलाई यथावत राख्न अनुरोध गर्नुभयो ।
साथै उहाँले वर्तमान परिस्थितीमा औषधीको खपत कम हुँदै गएकाले देशैभरिका थोक व्यवसायीहरुको गोदाममा ठुलो मात्रामा स्टक भएका सामानहरु म्याद गुज्रन लागेको हुँदा उक्त सामानको हिसाव यथाशिघ्र मिलान गर्न पनि कम्पनीहरुसंग आग्रह गर्नुभयो ।
डिजिटल संवादमा जोडिनुभएका सबै सदस्यहरुले प्रबिधीको उच्चतम प्रयोग गर्दै यस्तो विषम परिस्तिथिमा पनि केन्द्रिय अध्यक्ष लगाएत सहभागि सदस्यहरु बिच विचार आदान-प्रदान गर्न पाएकोमा खुशी व्यक्त गर्नु भएको थियो । डिजिटल संवादको सहजिकरण संघका महासचिव तुफानबाबु श्रेष्ठले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!