१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

दाङमा ३७ जनामा कोरोना संक्रमण पुष्टि

Logo
प्रकाशित आइतबार, भाद्र २१, २०७७

सागर थापा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा गरिएको स्वाब परिक्षणमा ३७ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । समुदाय स्तरमा कोरोना देखिएपछि विभिन्न ठाउँबाट संकलित स्वाब परिक्षण गर्ने काम भइरहेको छ । घोराही उपमहानगरका विभिन्न वडा, नारायणपुर क्षेत्र, जिल्ला प्रशासन कार्यालय, तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडाहरुबाट संकलन गरिएको कुल ४ सय ४ वटा स्वाब परिक्षण गर्दा ३७ जनामा कोरोना पुष्टि भएको छ भने बाँकी ३६७ जनाको रिपोर्ट नेगटिभ आएको छ । आज परिक्षण गरिएका स्वाब यस अघि कोरोना संक्रमण पुष्टि भएका स्थानबाट कन्ट्याक्ट ट्रेसिङ गरेर स्वाब संकलन गरिएको थियो ।
संक्रमित हुनेमा घोराही उपमहानगरपालिकाका १८ जना रहेका छन् । जस अनुसार वडा नम्बर ६ का १ जना, वडा नम्बर १० का ९ जना, वडा नम्बर ११ का ४ जना, वडा नम्बर १५ का ४ जना रहेका छन् । संक्रमित हुनेमा १० जना पुरुष रहेका छन् भने ८ जना महिला रहेका छन् । तीमध्ये ७ जना जिल्ला प्रशासन कार्यालयबाट संकलित स्वाब परिक्षण गर्दा कोरोना पुष्टि भएका व्यक्ति हुन् ।
यसैगरी तुलसीपुर क्षेत्रबाट संकलन गरि गरिएको स्वाब परिक्षणमा ९ महिने शिशुसहित १८ जनामा कोरोना देखिएको छ । जस अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ बाट १ जना, वडा नम्बर ५ बाट ४ जना, वडा नम्बर ६ बाट ४ जना, वडा नम्बर ७ बाट २ जना, वडा नम्बर ८ बाट १ जना, वडा नम्बर १७ बाट १ जना, वडा नम्बर १८ बाट २ जना र वडा नम्बर १९ बाट ३ जनामा कोरोना देखिएको छ । यस्तै, जिल्लाको शान्तिनगर गाउँपालिका वडा नम्बर ५ का १ जनामा पनि कोरोना देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ८ सय ३८ पुगेको छ । ती मध्ये ७ सय ६ जना उपचारपछि निको भई डिस्चार्ज भईसकेका छन् । बाँकी ९३ जनाको विभिन्न आइसोलेसनमा उपचार भइरहेको छ ।
यसैबीच, आज संक्रमण पुष्टि भएकाहरुलाई कोरोना विशेष आइसोलेसनमा पठाउने या होम आइसोलेसनमा राखेर उपचार गर्ने भन्ने तय हुन लागेको घोराही उपमहानगर स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिए । उता, तुलसीपुर उपमहानगरमा कोरोना पुष्टि भएकाहरुलाई कोरोना विशेष अस्पताल बेलझुण्डी लैजाने तयारी भएको तुलसीपुर उपमहानगर कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिए ।
यसैबीच, अहिले बबई गाउँपालिका र बंगलाचुली गाउँपालिकामा सक्रिय कोरोना संक्रमित संख्या शुन्य रहेको छ । समुदाय स्तरमा कोरोना संक्रमण देखिएपछि कोरोना परिक्षणको दायरा बढाइएको स्थानीय तहहरूले जनाएका छन् । समुदाय स्तरमा कोरोना संक्रमणको जोखिम थप गहिरिन नदिन स्थानीय प्रशासनले भदौ २१ गते राति १२ बजेसम्म जिल्लाभर पूर्ण रूपमा निषेधाज्ञा लागु गरेको छ ।
पूर्णकालीन निषेधाज्ञाको समयावधि भोलि राति १२ बजेपछि सकिँदैछ । निषेधाज्ञा हटाउने या लम्ब्याउने भन्ने विषयमा भोलि आइतबार बस्ने बैठकबाट टुंगो लाग्ने बताइएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले भोलि बिहान डाकिएको कोरोना संकट व्यवस्थापन समितिको बैठकबाट के गर्ने भन्ने निर्णय गरिने जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्कायकास्थित बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमवासी बस्ती हटाउने क्रम आज (शनिबार) पनि जारी छ। सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज कामपा-१६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइँदै छ । कामपा-१५ स्वयम्भू क्षेत्रका अतिक्रमित घरटहरा हटाउने कार्य जारी रहेको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए। […]

एजेन्सी । दक्षिणी लेवनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाँमा इजरायली सेनाले युद्धविरामको बावजुद निकासी आदेश जारी गरेको थियो । लेवनानको हबबुसमा भएको आक्रमणमा एक जना बच्चा र दुई महिलासहित आठ जनाको मृत्यु हुनुका साथै अन्य २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ । यसै गरि जररियामा […]

काठमाडौं । स्थित नैना Naina & Ishan Jewellers मा दुई जना अपरिचित व्यक्तिहरूले हेल्मेट, मास्क र कालो पहिरनमा आएर लुटपाट गर्ने प्रयास गरेका थिए। उनीहरूसँग बन्दुक र खुकुरी थियो र पसलमा एक्लै रहेको कर्मचारीलाई धम्क्याए। साहसी कर्मचारीले प्रतिरोध गर्दै कराएपछि ती व्यक्तिहरू भाग्न बाध्य भए। यस घटनाबारे प्रहरीलाई जानकारी गराइसकिएको छ। नेपाल प्रहरी तथा सरकारसमक्ष […]

error: Content is protected !!