०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

दाङमा २२ गते देखि २८ गतेसम्म लकडाउन खुकुलो बिहान १२ बजे सम्म बजार खोल्ने

Logo
प्रकाशित आइतबार, भाद्र २१, २०७७

सागर थापा दाङ जिल्ला संकट व्यवस्थापन केन्द्रको बसेको बैठकले जिल्लामा लकडाउन २२ गतेदेखि २८ गतेसम्म खुकुलो बनाउने निर्णय गरेको हो । बैठकले भोलि २२ गतेदेखि भदौ २८ गतेसम्म दैनिक बिहानको समयमा ६ घण्टा बजार तथा छोेटोदुरीका सवारी साधन संचालन गर्न दिने निर्णय गरेको संकट व्यस्थापन केन्द्रका दाङका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।
भदौ २२ गतदेखि बिहान ६ बजेदेखि १२ बजेसम्म बजार खुल्ला रहने भएको छ, प्रजिअ रिजालले भन्नुभयो–‘छोटो दुरीका सवारी साधनमा पनि जोर बिजोर प्रणाली लागु गरेको बजार खुल्ने समयमा मात्रै संचालन गर्न दिने निर्णय भएको छ ।’ जिल्लामा अझै एक साता बिहान ६ बजेदेखि १२ बजेसम्म बाहेक अन्यसमयमा अन्त्यावश्यक बाहेक ठप्प हुने भएको छ । यसअघि संक्रमण रोकथामका लागि भदौ १४ गते राती १२ देखि आज राती १२ बजेसम्म पुर्ण लकडाउन गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!