०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

कोरोना महामारीको बेलामा पैसा असुल्ने बैंकलाई कारवाही गर्ने नेकपा विप्लवको चेतावनी

Logo
प्रकाशित सोमबार, भाद्र २२, २०७७

ABC Sanchar
काठमाडौं नेकपा नेतृत्वको नेकपा रूपन्देहीले कोरोना सङ्कटको बेला बैङ्क तथा वित्तीय संस्थाहरूले व्यवसायी तथा ऋणीहरूबाट किस्ता, ब्याज र हर्जनासमेत असुल गर्न ताकेता गर्ने, घरमा पुगेर मानसिक दबाब दिने र ब्याज र हर्जनासमेत असुल गर्न ऋणीहरूलाई धम्की दिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
आइतबार जिल्ला सेक्रेटरी प्रभातले प्रेस विज्ञप्ती जारी गर्दै बैङ्क तथा वित्तीय संस्थाहरूको यस्तो हर्कतले व्यवसायी तथा ऋणीहरू घरपरिवार र समाजबाटसमेत पलायन हुनुपरेको बताएका छन्।
कोरोना कहरको बेला जनताको गाँस, बास, कपास, स्वास्थ्यजस्ता आधारभूत आवश्यकताहरू राज्यले पूरा गर्नुपर्ने दायित्वबाट पन्छिएर केपी वली नेतृत्वको सरकारले उल्टै उठीबास पार्ने कार्य गर्नु निन्दनीय र खेदजनक रहेको भन्दै यस्तो हर्कत तत्काल बन्द गर्न नेकपा रूपन्देहीले चेतावनी दिएको छ।
‘कोरोना सङ्कटको भयावह स्थितिमा श्रमजीवी जनतालाई गाँस, बास, कपास, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता राज्यले पूरा गर्नेपर्ने दायित्वबाट पन्छिएर उल्टै धम्की दिने र उठीबास पार्नेजस्ता घृणित हर्कत गर्नु निन्दनीय र खेदजनक रहेको छ। बैङ्क तथा वित्तीय संस्थाले श्रमिक जनतामाथि गरेको यस्तो व्यवहारप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ र आगामी दिनमा यस्ता घटनाहरू नरोकिए जनस्तरबाट प्रतिरोध गर्ने र त्यसको प्रतिफल भोग्न तयार रहन सम्बन्धित निकायलाई जानकारी गराउँछौँ’, विज्ञप्तीमा उल्लेख छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!