०१ चैत्र २०८२, आइतबार
15-03-2026 , Sun
×

नक्कली कार्ड र प्रेस अंकित ज्याकेट बिक्री गर्ने ३ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, भाद्र २३, २०७७

ABC Sanchar
काठमाडौँ पत्रकारको नक्कली परिचय पत्र र प्रेस अंकित ज्याकेट बिक्री गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । प्रहरीले अवैध रुपमा विभिन्न मिडियाको लोगोसहितको परिचयपत्र र ‘प्रेस’ लेखिएको ज्याकेट बनाएर विक्री गर्ने तीन जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरुले एउटा प्रेस कार्डको पाँच सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्म लिने गरेको अनुसन्धानबाट खुलेको बताएको छ । बागबजारस्थित ‘कालिका डिजाइन’बाट उक्त गिरोहलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट पत्रकारको नक्कली परिचयपत्र बनाउन प्रयोग हुने सामग्री पनि बरामद गरेको महाशाखाले बताएको छ ।
निषेधाज्ञाको समयमा प्रेस कार्डको दुरुपयोग भएको गुनासो आएपछि प्रहरीले नक्कली प्रेस कार्ड बनाउने सम्भावित ठाउँमा निगरानी बढाएको छ । गत बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा पुल्चोकमा भएको प्रहरी र स्थानीयबीचको झडपमा ‘प्रेस’ अंकित ज्याकेट लगाएका व्यक्तिले एक हातमा क्यामेरा लिएर अर्को हातले प्रहरीमाथि ढुंगा प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!