०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

नक्कली कार्ड र प्रेस अंकित ज्याकेट बिक्री गर्ने ३ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, भाद्र २३, २०७७

ABC Sanchar
काठमाडौँ पत्रकारको नक्कली परिचय पत्र र प्रेस अंकित ज्याकेट बिक्री गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । प्रहरीले अवैध रुपमा विभिन्न मिडियाको लोगोसहितको परिचयपत्र र ‘प्रेस’ लेखिएको ज्याकेट बनाएर विक्री गर्ने तीन जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरुले एउटा प्रेस कार्डको पाँच सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्म लिने गरेको अनुसन्धानबाट खुलेको बताएको छ । बागबजारस्थित ‘कालिका डिजाइन’बाट उक्त गिरोहलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट पत्रकारको नक्कली परिचयपत्र बनाउन प्रयोग हुने सामग्री पनि बरामद गरेको महाशाखाले बताएको छ ।
निषेधाज्ञाको समयमा प्रेस कार्डको दुरुपयोग भएको गुनासो आएपछि प्रहरीले नक्कली प्रेस कार्ड बनाउने सम्भावित ठाउँमा निगरानी बढाएको छ । गत बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा पुल्चोकमा भएको प्रहरी र स्थानीयबीचको झडपमा ‘प्रेस’ अंकित ज्याकेट लगाएका व्यक्तिले एक हातमा क्यामेरा लिएर अर्को हातले प्रहरीमाथि ढुंगा प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!