१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

बाँके प्रहरीले ब्राउन सुगरसहित जमुनाबाट एक महिला पक्राउ

Logo
प्रकाशित मंगलबार, भाद्र २३, २०७७

महेन्द्र सिंह
बाँके ईलाका प्रहरी कार्यालय जमुनाह र लागू औषध ब्यूरो नेपालगञ्जको संयुक्त टोलीले जमुनाह नाकाबाट ५० ग्राम ब्राउन सुगरसहित एक महिलालाई नियन्त्रणमा लिएको छ
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर ३ कि २८ वर्षिया सन्जनादेवी पटहरलाई प्रहरीको संयुक्त टोलीले सोमबार राती ८ बजे सो परिमाणको ब्राउन सुगर बोकेर भारतीय सीमावर्ती बजार रुपैडिहाबाट नेपाल प्रवेश गर्दै गर्दा जमुनाहबाट नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कायालय जमुनाहबाट कोरोना महामारीको बीचमा गरिएको लकडाउनको अवधिमा सबैभन्दा बढी परिमाणको लागू औषध ब्राउन सुगर नियन्त्रणमा लिएको ईन्चार्ज प्रहरी बायव निरिक्षक विष्णु गिरिले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुवाश खड्काले ५० ग्राम लागू औषध ब्राउन सुगरसहित प्रहरी नियन्त्रणमा परेकी पटहरमाथि आवश्यक अनुसन्धान सुरु गरेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा एक युवतीको विभत्स हत्या भएको छ। दैलेखकी २२ वर्षीया निर्मला थापाको घाँटी सलले बेरेर हत्या गरिएको हो। निर्मला विगत दुई वर्षदेखि नेपालगन्जको बीपी चोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा कार्यरत थिइन्। घटना मंगलबार बिहान भएको बताइएको छ। बर्दियाका ३५ वर्षीय प्रकाश सुनारले हत्या गरी निर्मलाकी बहिनीलाई फोनमार्फत ‘दिदीलाई […]

प्युठानको स्वर्गद्वारीबाट फर्कदै गरेको भारतीय स्कार्पियो बड्डाडा ओरालोमा दुर्घटना प्युठान। स्वर्गद्वारी मन्दिरबाट भारततर्फ जाँदै गरेको यूपी ५५ एए ७७२६ नम्बरको स्कार्पियो गाडी सरूमारानी गाउँपालिका–४ बड्डाडा नजिकैबाट अन्यन्त्रिएर तल खसेको छ। गाडीमा ७ जना सवार रहेको ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

error: Content is protected !!