०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

बाँके ट्राफिकले मापसे गर्ने चालकहरुको फोटो खिचेर राखिने

Logo
प्रकाशित मंगलबार, भाद्र २३, २०७७

महेन्द्र सिंह
बाँकेमा मापसे गरेर सडकमा सवारी साधन चलाउने चालकहरूको अबदेखि फोटोसहित ट्राफिक प्रहरीले रेकर्ड राख्ने भएको छ । ट्राफिक प्रहरीले बाँके जिल्लामा अत्याधुनिक ब्रेथलाइजरको सहयोगमा मापसे गरेका चालकहरुको जाँच गर्दै फोटो क्लिक गर्ने भएको छ। जिल्लामा अहिलेसम्म यस्तो मेसिन नभएको अबस्थामा ट्राफिक प्रहरीले अहिलेसम्म चालकको मुख सुँघेर मापसे गरे नगरेको पत्ता लगाउने गर्नु परेको तर अब यो मेसिनको चाडै प्रयोगमा ल्याई मापसे चेकजाँच गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले बताए । उक्त ब्रेथलाइजर मेसिनले चालकको तस्वीर खिच्ने र अल्कोहलको मात्रा समेत पत्ता लगाउने बमले बताए। आजमात्रै जिल्ला बिपद व्यवस्थापन समिति बाँकेको तर्फबाट प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानालाई आज तीन थान ब्रेथलाइजर हस्तान्तरण गरेका छन । जिल्ला प्रहरी कार्यालय बाँकेले तिनै थान अत्याधुनिक ब्रेथलाइजर मेसिन ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख बमले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!