०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाँके ट्राफिकले मापसे गर्ने चालकहरुको फोटो खिचेर राखिने

Logo
प्रकाशित मंगलबार, भाद्र २३, २०७७

महेन्द्र सिंह
बाँकेमा मापसे गरेर सडकमा सवारी साधन चलाउने चालकहरूको अबदेखि फोटोसहित ट्राफिक प्रहरीले रेकर्ड राख्ने भएको छ । ट्राफिक प्रहरीले बाँके जिल्लामा अत्याधुनिक ब्रेथलाइजरको सहयोगमा मापसे गरेका चालकहरुको जाँच गर्दै फोटो क्लिक गर्ने भएको छ। जिल्लामा अहिलेसम्म यस्तो मेसिन नभएको अबस्थामा ट्राफिक प्रहरीले अहिलेसम्म चालकको मुख सुँघेर मापसे गरे नगरेको पत्ता लगाउने गर्नु परेको तर अब यो मेसिनको चाडै प्रयोगमा ल्याई मापसे चेकजाँच गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले बताए । उक्त ब्रेथलाइजर मेसिनले चालकको तस्वीर खिच्ने र अल्कोहलको मात्रा समेत पत्ता लगाउने बमले बताए। आजमात्रै जिल्ला बिपद व्यवस्थापन समिति बाँकेको तर्फबाट प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानालाई आज तीन थान ब्रेथलाइजर हस्तान्तरण गरेका छन । जिल्ला प्रहरी कार्यालय बाँकेले तिनै थान अत्याधुनिक ब्रेथलाइजर मेसिन ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख बमले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!