०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

काठमाडौंमा नक्कली सुन बरामद प्रकरणमा २ जना गहना व्यवसायी पक्राउ

Logo
प्रकाशित बुधबार, भाद्र २४, २०७७

ABC Sanchar
काठमाडौं गत साउन १३ गते काठमाडौंको कमलादीबाट साढे १४ किलो नक्कली सुन (चाँदी) र आधा किलो सुन बरामद पक्ररणमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरु काठामाडौंको न्यूरोड क्षेत्रमा सुनचाँदीको व्यवसाय गर्दै आएका व्यापारी हुन् । महानगरीय प्रहरी परिसर काठामाडौंका अनुसार नक्कली सुन बरामद प्रकरणमा न्यूरोडमा रहेको लक्की ज्वेलर्सका श्रीनिवास उपाध्याय र अष्टमंगल ज्वेलर्सका विजय ताम्राकारलाई पक्राउ गरिएको हो ।
उनीहरुलाई भदौ १५ गते नै पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
गत साउन गते काठमाडौंको कमलादीबाट १५ किलो सुनजस्तो देखिने पहेँलो धातु प्रहरीले बरामद गरेको थियो । बरामद गरिएको धातु परीक्षण गर्दा आधा किलो माात्रै सक्कली सुन निस्किएको थियो भने साढे १४ किलो चाँदी निस्किएको थियो ।
प्रहरीका अनुसार उक्त आधा किलो सुन तस्करहरुले लक्की ज्वेलर्सका श्रीनिवास उपाध्यायसँग किनेका थिए । श्रीनिवास उउपाध्याले उक्त सुन अष्टमंगल ज्वेलर्सका विजय ताम्राकारसँग किनेका थिए ।
अष्टमंगल ज्वेलर्सका विजय ताम्राकारले भने उक्त सुन राष्ट्र बैंकबाट किनेका थिए ।
राष्ट्र बैंकबाट किनेको सुन नेपालमा गहनाको रुपमा मात्रै बिक्री गर्न पाइन्छ । तर, ताम्राकारले ढिक्काको रुपमा उपाध्याय र उपाध्यायले तस्करहरुलाई बिक्री गरेको पाइएपछि प्रहरीले उनीहरु दुवैजनालाई पक्राउ गरेको हो ।
तस्करहरुले चाँदीको ढिक्कामा सुनको लेपन लगाएर सुन नै हो भनेर १५ किलो बिक्री गर्न लागेका थिए ।
त्यस प्रकरणमा प्रहरीले चाँदीमा सुनको लेपन लगाउनेदेखि तस्करी गर्नेसम्मलाई पक्राउ गरिसकेको छ ।
पक्राउ परेकाहरुविरुद्ध संगठित अपराधको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले कमलादीबाट नक्कली सुनसहित २ थान पेस्तोल समेत बरामद गरेको थियो ।
उक्त प्रकरणमा प्रहरीले तस्करहरु इल्ताफ हुसेन अन्सारी, निलेश शाखिया, कौशल पटेल, देवानसिंह पटेल, विजय पटेल, प्रहरी जवाान प्रसन्न श्रेष्ठ, प्रहरी जवान प्रसन्नका घरधनी उमेश श्रेष्ठ, प्रहरी जवान बहादुरसिंह कडायत र चाँदीमा सुनको जलप लगाउने मनिषलाई पक्राउ गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!