०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

ईलाका प्रहरी कार्यालय भालुवाङ लाई स्वास्थ्य सामाग्रीहरु वितरण

Logo
प्रकाशित बिहिबार, भाद्र २५, २०७७

बिदुर एमसी
दाङ भालुवाङ राप्ती गाउँपालिकाकामा न्याय र सुशासनको क्षेत्रमा काम गर्दै आएको कपिलबस्तुमा रहेको माहुरी होमले दाङका विभिन्न प्रहरी कार्यालयलाई स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग गर्ने क्रममा भालुवाङ स्थीत ईलाका प्रहरी कार्यालय लाई समेत स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग गरेको छ ।
डिएफआइडीको आर्थिक सहयोगमा भिएसओ र ईन्टरनेशनल अलर्टको साझेदारीमा माहुरी होम कपिलबस्तुले कोरोना भाइरसबाट बच्नका लागि स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग गरेको हो ।
माहुरी होमले वडा नं १ का वडा अध्यक्ष तारा बहादुर डिसीको हात बाट ईलाका प्रहरी कार्यालय प्रमुख गंगा बहादुर सारुलाई स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग गरेको छ । माहुरी होमले प्रदान गरेको स्यानीटाइजर, मास्क, पिपिई, हेण्डवास, स्प्रे, थर्मल गण, ग्लोब्स, लगायत सामाग्री ईलाका प्रहरी कार्यालयका प्रसनी लक्ष्मी प्रसाद कडेले बुझ्नु भएको छ ।
कोरोना भाइरस माहामारी रोक्न प्रहरी दिनरात खट्नुपर्ने भन्दै संस्थाले स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग गरेको होे । पछिल्लो समयमा प्रहरीमा कोरोना भाइरसको रिपोर्ट पोजेटिभ आउने क्रम बढेपछि सचेत हुँदै काम गर्न सहज गराउन स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग गरिएको सामाजिक परिचालक पुष्पा बन्जाडेले जानकारी दिनुभयो ।
माहुरी होमले सहज परियोजना सञ्चालन भएका कपिलबस्तु, दाङ, बाँके, बर्दिया, प्यूठान, रोल्पा, रुपन्देहीमा रहेका प्रहरी कार्यालयलाई सहयोग उपलब्ध गराउने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!