०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

सिडियो विवादमा भन्ने समाचार लेख्ने अनलाईनको बैधानिकता बारे प्रश्न्न ?

Logo
प्रकाशित आइतबार, भाद्र २८, २०७७

ABC Sanchar
बाँकेमा शनिबार बिहान देखि सिडिओ रामबहादुर कुरुम्बाङ ‘चर्को बिबादमा आएपछि बिदामा सिडियो’ शीर्षकको समाचार प्रकाशित भएपछि सामाजिक संजालमा विभिन्न किसिमका टिका टिप्पणी भईरहेको छ । ई सेतोखरी नामको अनलाईनले लेखेको समाचारमा ‘चर्को बिबादमा आएपछि विदामा सिडियो’ विदा गएको उल्लेख गरेर समाचार बनाएको छ । बाँके सिडिओले सात महिना देखि विदा नबसेको भन्दै विदा लिएको सामाजिक संजालमा पोष्ट गरेपछि सिडिओ कुरुम्बाङका समर्थकले अनलाईनको कडा आलोचना गरेका छन् ।
बाँकेका सिडिओले कोरोना अपडेट र प्रशासनमा निर्णय भएका कुरुम्बाङले आफ्नो फेसबुकमको वालमा पोष्ट गर्दे आईरहेका थिए । पछिल्लो समयमा उनले फेसबुकमा पोष्ट गरेका सूचना आधारबाटै समाचार माध्यमबाट समाचार बन्ने गरेको पाईएको छ ।
बिहिबार निषेधाज्ञाको बारेमा फेसबुकमा कुरुम्बाङले पोष्ट गर्दा विभिन्न किसिमका प्रतिक्रिया फेसबुक प्रयोगकर्ताले दिएका थिए । ई सेतोखरी अनलाईनले कुरुम्बाङले फेसबुकमा पोष्ट गरेका कारण विवाद झेल्न नसकेको कारण विदामा बसेको खुलाएर समाचार बनाएको छ । पुनः कुरुम्बाङले समाचार उल्लेख गरेको कुरा सत्य नभएको सिडिओले वालमा प्रतिक्रिया दिँदा ई सेतोखरी अनलाईनको बैधानिकता माथि प्रश्न उठाउँदै सूचना बिभागमा दर्ता नभएको खुलाएर प्रतिक्रिया दिएका छन् ।
पत्रकार वर्गलाई नै बिभिन्न किसिमका लाञ्छना लगाएर प्रतिक्रिया दिँदा पत्रकार जगतको बदनाम भएको निष्र्कष छ । पत्रकार उदय श्रेष्ठले प्रतिक्रिया दिँदै भनेका छन– ‘बाँके प्रशासनको बाँके जनताप्रतिको चासो, रुचि र सक्रियता स्वागतयोग्य नै छ । दर्ता नभएका अवैध रुपमा संचालित यस्तो अनलाईनले बदनियतपूर्वक समाचार प्रकासित गर्नु निन्दनीय कार्य हो । हाम्रो ध्यानार्कषण र घोर आपत्ती छ ।’ प्रतिक्रिया दिने श्रेष्ठ पत्रकार हुन । यस्तै, अधिकांशले फेसबुकमा दिएको प्रतिक्रिया श्रेष्ठले लेखेकोसँग मिल्दो जुल्दो छ । फरक समाचार ड्ट्कमबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!