०५ आश्विन २०८३, सोमबार
21-09-2026 , Mon
×

असोज १ गतेदेखि लामो तथा छोटो दुरीका सवारी साधन संञ्चालन गर्ने

Logo
प्रकाशित आइतबार, भाद्र २८, २०७७

महेन्द्र सिंह
बाँके जिल्लाबाट लामो तथा छोटो दुरीका सवारी साधन संञ्चालन गर्ने तयारी थालिएको छ । यातायातका साधन सञ्चालनकालागि शनिबार कोहलपुरमा यातायत व्यवसायी र यातायात मजदुरबीच भएको छलफलमा असोज १ गते देखि यातायात संचालन गर्ने सहमती भएको छ ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासघ जिल्ला समन्वय समितीको संयोजनमा यातायत व्यवसायी र यातायात मजदुर बिच गरिएको छलफलमा असोज १ गते देखि लमो तथा छोटो दुरीका यातायतका साधन सञ्चालन गर्ने निर्णय भएको समन्वय समितीका संयोजक टंक बस्यालले जानकारी दिए ।
स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरेर सवारी साधन सञ्चालनमा ल्याईने उनले जानकारी दिए । बस्यालका अनुसार यातायत मजदुर र यातायात व्यवसायीले आईतवार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाउने उनले बताए ।
आखिल नेपाल ट्रेड युनियन महासघ बाँकेका सचिव राज कुमार बिसीले लामो लकडाउनले मजदुरहरुलाई हात मुख जोर्न समस्या भएको भन्दै यातायतका साधन सञ्चालनको बिकल्प नभएको बताए । उनले सुरक्षा मापदण्ड पुरा गरेका सार्वजनिक यातायत सुचारु गनु पर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ-मुग्लिन सडक खण्डको कृष्णभिरमा पहिरो पन्छाएर दुईतर्फी सडक सुचारु गरिए पनि मुग्लिन क्षेत्रमा सवारी जाम उस्तै रहेको छ। दसैंका लागि घर फर्किने यात्रुको चाप बढेसँगै लामो जाम लागेको हो। यात्रुहरू घण्टौंसम्म जाममा बस्न बाध्य छन्।

चितवन । भरतपुरको सुन्दर ६ लेन सडकमा मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्डहरूले सहरको सौन्दर्य नै कुरुप बनाएका छन्। जथाभावी राखिएका ठूला-ठूला विज्ञापन बोर्डहरूले सडकको सुन्दरता बिगार्नुका साथै दुर्घटनाको जोखिम समेत बढाएको स्थानीयको गुनासो छ। मापदण्ड विपरीत विज्ञापन राख्न दिने र सहर कुरुप बनाउने गरी भएको विज्ञापनमा कसको कति चलखेल छ ? सम्बन्धित निकाय मौन बस्नुले […]

बाँके । रुपैडिहामा आयोजित मैत्रीपूर्ण भलिबल खेलमा सशस्त्र प्रहरी बल, नेपालको एपीएफ ३० नम्बर गणले उत्कृष्ट खेल प्रदर्शन गर्दै भारतको एसएसबी ४२ बाहिनीलाई पराजित गरेको छ। खेलको सुरुदेखि नै एपीएफ टोलीले उत्कृष्ट तालमेल, अनुशासन र आक्रामक खेल प्रदर्शन गरेको थियो। खेलाडीहरूको मेहनत र उत्कृष्ट प्रदर्शनका कारण एपीएफ ३० नम्बर गणले जित हासिल गर्न सफल भएको […]