०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

असोज १ गतेदेखि लामो तथा छोटो दुरीका सवारी साधन संञ्चालन गर्ने

Logo
प्रकाशित आइतबार, भाद्र २८, २०७७

महेन्द्र सिंह
बाँके जिल्लाबाट लामो तथा छोटो दुरीका सवारी साधन संञ्चालन गर्ने तयारी थालिएको छ । यातायातका साधन सञ्चालनकालागि शनिबार कोहलपुरमा यातायत व्यवसायी र यातायात मजदुरबीच भएको छलफलमा असोज १ गते देखि यातायात संचालन गर्ने सहमती भएको छ ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासघ जिल्ला समन्वय समितीको संयोजनमा यातायत व्यवसायी र यातायात मजदुर बिच गरिएको छलफलमा असोज १ गते देखि लमो तथा छोटो दुरीका यातायतका साधन सञ्चालन गर्ने निर्णय भएको समन्वय समितीका संयोजक टंक बस्यालले जानकारी दिए ।
स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरेर सवारी साधन सञ्चालनमा ल्याईने उनले जानकारी दिए । बस्यालका अनुसार यातायत मजदुर र यातायात व्यवसायीले आईतवार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाउने उनले बताए ।
आखिल नेपाल ट्रेड युनियन महासघ बाँकेका सचिव राज कुमार बिसीले लामो लकडाउनले मजदुरहरुलाई हात मुख जोर्न समस्या भएको भन्दै यातायतका साधन सञ्चालनको बिकल्प नभएको बताए । उनले सुरक्षा मापदण्ड पुरा गरेका सार्वजनिक यातायत सुचारु गनु पर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!