०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाँके प्रहरीले रेडपाण्डाको छाला सहित ५ जना पक्राउ

Logo
प्रकाशित आइतबार, भाद्र २८, २०७७

बाँके बैजानाथ गाउँपालिका वडा नम्बर १ मा रहेको डेलियाल रेष्टुरेण्टमा रेडपाण्डा खरिद विक्रि गर्न लागेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाट खटिएको टोलीले उक्त ५ जना बसेको कोठाको खाट मुनि नग्रा, दात सहितको रेडपाण्डाको छाला फेला पारी बरामत गरि नियन्त्रणमा लिएको थियो ।
प्रकाउ पर्नेमा जाजरकोट कुसे गाउँपालिका वडा नम्बर ६ का ३२ वर्षिय कृष्ण वलि, वडा नम्बर ९ बस्ने २८ वर्षिय इन्द्र बहादुर नेपाली, सुर्खेत भेरीगंगा नगरपालिका वडा नम्बर ५ का ३० वर्षिय जय बहादुर कामि, २५ वर्षिय गणेश विक र वडा नम्बर १२ वस्ने ३६ वर्षका देव बहादुर बाँठा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपि ओम बहादुर रानाले जानकारी दिए ।
हाल सम्मको अनुसन्धानका आधारमा इन्द्र बहादुर नेपालीले बरामद गरिएको रेडपाण्डाको छाला जाजरकोटकै लोकेश सिंह बाट १० लाखमा खरिद गरेको र इन्द्र बहादुरले उक्त छाला कृष्ण वलिलाई दिएको, कृष्ण वलिले गणेस विकलाई दिएको र गणेस विक लगाएतले सुर्खेत छिन्छुबाट उक्त छाला ४० लाखमा विक्रि गरेर बाँकेमा ल्याएको प्रहरी प्रमुख एसपि रानाले आज एक पत्रकार सम्मेलन गरि जानकारी दिए ।
आज प्रकाउ परेकाहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (क) बमोजिम १० लाख सम्म जरिवाना र ५ वर्ष देखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनि व्यवस्था रहेको बाँके प्रहरीले सार्वजनिक गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!