१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

अपहरणको नाटक गर्ने महिला बाँके प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित आइतबार, भाद्र २८, २०७७

महेन्द्र सिंह
मलाई चार जनाले अपहरण गरेका छन् । अहिले म शौचालयबाट बोल्दैछु । केहीबेरमा अर्को घरमा लैजाने कुरा गर्दैछन्, मेरो उद्धार गर्नु प¥यो’ महिलाले फोन गरेपछि प्रहरी झसंग भए । बाँकेका एसपी, प्रदेशका डीआइजी हुँदै हेडक्वाटरसम्म कुरा पुग्यो ।
फोनमा महिलाले लमही–भालुवाङको बीचमा राखेका छन् भनिन् । जिल्ला प्रहरीको दौडादौड भयो । फोन लोकेसन हेर्ने काम भयो । फोनको लोकेसनले नेपालगञ्ज नै देखाइरहेको थियो । जिल्ला प्रहरी कार्यालय र वडा प्रहरीका सबै अधिकृतहरु घटनामा केन्द्रित भए । दौडादौडपछि महिलालाई नेपालगञ्जको फूल्टेक्रास्थित शिवमन्दिर नजिकबाट प्रहरीले नियन्त्रणमा लियो । लमही–भालुवाङको बीचमा अपहरण गरेर राखेका छन् भन्ने महिला यही बसेर फोन गरिरहेकी रहिछन् । प्रहरीले उनलाई नियन्त्रणमा लियो । अनि अनुसन्धान थाल्यो, बास्तवमा भएको के हो त ? महिलाको फेसबुकमा नवलपरासीको केटासँग चिनजान र कुराकानी हुँदो रहेछ । केटाले पोखरा घुम्न बोलाएका रहेछन् । केटीले आउँछ पनि भनिछन् । जाने भनेको दिन केटीले यता यस्तो नाटक गरिरहेकी छन् । दुई बच्चाकी आमाको यस्तो नाटकले धेरैबेर प्रहरीले हैरानी खेप्नु प¥यो । प्रहरीले अहिले उनलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ । पत्रकार सम्मेलन गरेर घटनाको विस्तृत सार्वजनिक गरेको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!