०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

अपहरणको नाटक गर्दै ठगी गर्ने महिला प्रहरीको खोरमा

Logo
प्रकाशित आइतबार, भाद्र २८, २०७७

महेन्द्र सिंह  बाँके ,                                                  बर्दिया जिल्ला घरभै हाल नेपालगन्जउपमहानगरपालिका पुरैना बस्ने चौधरीले फेसबुक मा sumi dahit नाम राखी विभिन्न मोडेल केटिहरु को फोटो राख्दै आकर्षक एबम धनाढ्य पुरुषहरु लाई ब्लाकमेलिङ गरि पैसा असुल्ने र भाग्दै हिड्ने गरेको थाहा हुन आएको छ।पछिल्लो समय नवलपरासी घर भएको एकजना पुरुष फेसबुक कै फोटो देखेर आकर्षण भएको र आफुलाई बारंबार पोखरा जान को लागी आग्रह गर्दा आफु फेसबुक मा भएको फोटो को जस्तो बास्तबिक मान्छे र राम्री नभएको हुनाले निज पुरुषको आग्रह लाई टार्नको लागि आफु पोखरा आउदै गर्दा दाङको लमही बाट अपहरणमा परेको जानकारी ति पुरुष लाई गराई नाटक गरेको प्रहरी संग बताएकी छिन।
पछि निज पुरुषले प्रहरी महानिरीक्षक , पाच नंबर प्रदेशका प्रहरी नायब महानिरीक्षक र अपराध महाशाखा का प्रहरी बरिस्ठ उपरीक्षक लाई समेत फोन गरि केटि अपहरणमा परेको जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय बाके ले निकै गम्भीरतापुर्बक ल्याई तत्काल बाके प्रहरी प्रमुख ओम राना मगर को नेतृत्व मा प्रहरी नायब उपरीक्षक सुबास खड्का र वडा प्रहरी कार्यालय का प्रहरी निरीक्षक हरि बस्नेत को टोलिले खोजतलास को काम अगाडि बढाएको थियो। यसरि रातभर को खोजतलासको क्रममा बाकेको सम्शेरगन्ज सम्म पनि नभेटेपछि नेपालगन्ज उपमहानगरपालिका ९ पुरैनामा लुकेर बसेकी चौधरी लाई पक्राउ गरि वडा प्रहरी कार्यालय मा राखी आबस्यक अनुसन्धान अगाडी बढाईएको र आबस्यक कार्बाही का लागी जिल्ला प्रहरी कार्यालय मा पठाईएको प्रहरी निरीक्षक हरि बस्नेत ले जानकारी दिनु भयो।यसरी आफ्नो प्रोफाईल मा राम्री मोडेल केटि को फोटो प्रयोग गरि यसरी सयौं लाई रकम असुली ठगि धन्धा चलाउने चौधरी लाई बाके प्रहरी प्रमुख ओम राना मगर को सक्रियता मा पक्रन सफल भएको हो।
अहिले सामाजिक संजाल को गलत प्रयोग का कारण अपराध निकै बढेको र यस्को नियन्त्रण का लागी सजकता अपनाउनुपर्ने प्रमुख रानाले बताउनु भयो। आफु सजक नभएमा यस्तै गम्भीर अपराधी को जालमा पर्न सकिने भएको ले यस्तो प्रकारको ठगी बाट बच्न नागरिक समाज र समाज जागरुक हुनु पर्ने राना ले बताउनु भयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!