०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

कोरोना देखिए पछी रोल्पाको होलेरी बजार शिल

Logo
प्रकाशित आइतबार, भाद्र २८, २०७७

ABC Sanchar
रोल्पामा समुदायस्तरका व्यक्ति ८ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमण रोकथाम लागि अर्को सुचना जारी नभएसम्मका लागि होलेरी बजार शिल गरिएको हो ।
जिल्ला संकट व्यवस्थापन केन्द्र रोल्पाको आज बसेको बैठकले होलेरी बजारलाई पूर्णरुपमा शिल गर्ने निर्णय गरेको हो । पूर्वमा नुवागाउँ ढुंगाखानी, पश्चिममा खर्से बजार, उत्तरमा सखी र सैवाङ गाउँ र दक्षिणमा सापडाँडा र ग्वारखोलको क्षेत्रमा पुर्णरुपमा लकडाउन गरिएको छ ।
बन्दाबन्दीको समयमा होलेरी बजारमा स्वास्थ्य सेवा बाहेक अन्य सबै सेवा पूर्णरुपमा बन्द हुने भएका छन् । लकडाउन अवधिभर बैंक तथा वित्तिय संस्थाहरु र सरकारी कार्यालय पनि बन्द हुने निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!