०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

दाङमा बाढीले कुखुरा बोकेको बोलेरो र कुखुरा फर्म बगायो

Logo
प्रकाशित सोमबार, भाद्र २९, २०७७

सागर थापा दाङमा चट्याङ र अबिरल वर्षा पछि आएको बाढीले कुखुरा बोकेको बोलेरो र कुखुरा फर्म बगाएको छ।तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ चमेरे खोलामा स्थानीय राजकुमार वलीको कुखुराको फर्म बाढीले बगाएको हो।
बाढीका कारण फर्मसँगै त्यहाँ रहेका २२ दिनका एक हजार चल्ला र १० बोरा दाना बगेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक चक्रडम्मर पालले जानकारी दिएका छन्।त्यसबाट वलीलाई चार लाख बढीको क्षति भएको अनुमान गरिएको छ।त्यस्तै तुलसीपुर–घोराही सडक खण्डमा सडक खण्डमा पर्ने हापुर खोलामा आएको बाढीले एउटा बोलेरो गाडी बगाएको छ।जिल्ला प्रहरी कार्यालय दाङ प्रबक्ता डिएसपी सुमित खड्काका अनु्सार ना ४ ६ १४४६ नम्वरको उक्त बोलेरो गाडी बगाउँदा ३ हजार कुखुराका चल्ला मरेर नष्ट भएका छन्।
गाडी विहान साढे ६ बजेतिर बगाएको डिएसपी खड्काले बताए।सो बाट तीन लाख बढीको नोक्सानी भएको डिएसपी खड्काले बताए ।गएराति दाङमा मेघ गर्जनसहित भारी वर्षा भएपछि जिल्लाका दर्जन बढी खोलाहरूमा बाढीको आएको छ। जल तथा मौसम विज्ञान विभागले दाङको बेलझुण्डी, तुलसीपुर आसपासका क्षेत्रमा पछिल्लो ३ घन्टामा अति भारी वर्षा हुने भन्दै सावधानी अपनाउन सर्वसाधारणलाई म्यासेज समेत पठाएको थियो।भारी वर्षाले नदी तथा खहरे खोलाहरूमा बाढी आउन सक्ने र नदी तथा तटिय क्षेत्रहरु डुवानमा पर्न सक्ने खतरा उस्ले एसएमएस गरी सावधान रहन आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!