०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

नेपालको राष्ट्रिय झन्डा जलाउने गायक जेल चलान अन्य ८ जना धरौटीमा रिहा

Logo
प्रकाशित सोमबार, भाद्र २९, २०७७

ABC Sanchar
काठमाडौं राष्ट्रिय झन्डा जलाएको दृश्य समावेश म्युजिक भिडियोका गायक जेल चलान भएका छन् । उक्त प्रकरणमा पक्राउ परेका अन्य ८ जना भने धरौटीमा रिहा भएका छन् ।
काठमाडौं जिल्ला अदालतले राष्ट्रिय झन्डा जलाएको दृश्य समावेश गीतका गायक ग्याल्जेन दोर्जे तामाङलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरका अनुसार अन्य ८ जना भने धरौटीमा रिहा भएका छन् ।
पुर्पक्षका लागि जेल चलान भएका तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कीर्तिपुरबाट पक्राउ गरेको थियो ।
उक्त प्रकरणमा जम्मा ९ जनालाई पक्राउ गरिएको थियो ।
‘मंगोल हप अफिसियल’ नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएको ‘देशद्रोही’ शीर्षकको गीतको भिडियोमा राष्ट्रिय झन्डा जलाएको दृश्य समावेश गरिएको थियो ।
अगस्ट १७ तारिख (भदौ १ गते) युट्युवमार्फत सार्वजनिक उक्त भिडियोको विषयमा व्यापक विरोध भएपछि प्रहरीले गीतको गायनदेखि छायाङ्कनमा संलग्नलाई पक्राउ गरी मुलुकी अपराध संहिताको दफा १५१ को कसुर गरेको अभियोगमा मुद्दा चलाएको थियो ।
संहिताको दफा १५१ मा राष्ट्रि गान, झण्डा वा निशान छापको अपमान वा क्षति गर्न नहुने व्यवस्था गरिएको छ । यस्तो कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था संहितामा गरिएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!