०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

नेपालको राष्ट्रिय झन्डा जलाउने गायक जेल चलान अन्य ८ जना धरौटीमा रिहा

Logo
प्रकाशित सोमबार, भाद्र २९, २०७७

ABC Sanchar
काठमाडौं राष्ट्रिय झन्डा जलाएको दृश्य समावेश म्युजिक भिडियोका गायक जेल चलान भएका छन् । उक्त प्रकरणमा पक्राउ परेका अन्य ८ जना भने धरौटीमा रिहा भएका छन् ।
काठमाडौं जिल्ला अदालतले राष्ट्रिय झन्डा जलाएको दृश्य समावेश गीतका गायक ग्याल्जेन दोर्जे तामाङलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरका अनुसार अन्य ८ जना भने धरौटीमा रिहा भएका छन् ।
पुर्पक्षका लागि जेल चलान भएका तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कीर्तिपुरबाट पक्राउ गरेको थियो ।
उक्त प्रकरणमा जम्मा ९ जनालाई पक्राउ गरिएको थियो ।
‘मंगोल हप अफिसियल’ नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएको ‘देशद्रोही’ शीर्षकको गीतको भिडियोमा राष्ट्रिय झन्डा जलाएको दृश्य समावेश गरिएको थियो ।
अगस्ट १७ तारिख (भदौ १ गते) युट्युवमार्फत सार्वजनिक उक्त भिडियोको विषयमा व्यापक विरोध भएपछि प्रहरीले गीतको गायनदेखि छायाङ्कनमा संलग्नलाई पक्राउ गरी मुलुकी अपराध संहिताको दफा १५१ को कसुर गरेको अभियोगमा मुद्दा चलाएको थियो ।
संहिताको दफा १५१ मा राष्ट्रि गान, झण्डा वा निशान छापको अपमान वा क्षति गर्न नहुने व्यवस्था गरिएको छ । यस्तो कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था संहितामा गरिएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!