२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

१ गतेदेखि लामो दुरीको बस एवं हवाई सञ्चालन हुने ५०प्रतिशतसम्म बढी भाडा लिन पाउने

Logo
प्रकाशित मंगलबार, भाद्र ३०, २०७७

ABC Sanchar काठमाडौं सरकारले असोज १ गतेबाट लामो दुरीमा सवारीसाधन सञ्चालन गर्न सकिने निर्णय गरेको छ । सरकारका निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यस्तो जानकारी दिएका हुन् । लामो दुरीमा सवारी साधन सञ्चालन हुँदा एकपंक्तिमा रहेको सिटमा एकजनामात्रै यात्रु राख्न पाइनेछ भने व्यवसायीले ५० प्रतिशतसम्म भाडा बढी लिन पाउनेछन् ।
सिट क्षमताको ५० प्रतिशतमात्रै सिटमा यात्रु राख्न पाइनेछ । त्यसैगरी असोज १ गतेदेखि आन्तरिक उडान पनि सञ्चालन हुनेछ । आन्तरिक उडानमा पनि ५० प्रतिशतमात्रै यात्रु राख्न पाइनेछ । एकातिरको पंक्तिको सिटमा एकजना मात्रै, मास्क र भाइजर अनिवार्य लगाउनुपर्ने व्यवस्था सरकारले गरेको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(सैलेस बम ) दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । यहाँस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि भन्सार छली ल्याइएको खाद्य तथा दैनिक उपभोग्य तथा अन्य सामग्री गरी रु ७७ लाख ५१ हजार तीन सय ४६ मूल्य बराबरको सामान […]

(एबिसि संचार )                                                                प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ गतेसम्म संचालन भएको ‘१९औं हेड अफ एनसीबी […]

(रबि बर्णवाल ) वीरगन्जमा रहेको नबिल बैंकबाट एक करोडभन्दा बढी रकम चोरी भएको छ ।आइतबार राती बैंकबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएपछि बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ। वेल्डीङ गर्ने मेसिनले टिनको बक्सा काटेर पैसा चोरी गरेको देखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।