०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

नेपाल प्रहरीमा कडा आचारसंहिता लागू के गर्न पाइन्छ ? के गर्न पाइदैँन ?

Logo
प्रकाशित बुधबार, भाद्र ३१, २०७७

ABC Sanchar
काठमाडौं नेपाल प्रहरीले सबै दर्जाका लागि लागू हुने गरी पहिलो पटक एकीकृत आचारसंहिता जारी गरेको छ ।
संगठनभित्र अनुशासनहीन गतिविधि नियन्त्रण र मर्यादित एवं व्यवसायिक आचरण कायम गराउन आचारसंहिता सम्बन्धि कार्यादेश–२०७७’ल्याइएको हो ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक (एआइजी) प्रद्युम्न कार्की अध्यक्ष रहेको तथा एसएसपी मुकुन्द आचार्य, एसपीहरु भूपेन्द्र खत्री, शिवकुमार श्रेष्ठ र राजन अधिकारी तथा डीएसपीद्वय गोविन्द थापा क्षेत्री र निर्मल बूढाथोकी सदस्य रहेको समितिले कार्यदेशको मस्यौदा बनाएको थियो ।
त्यही मस्यौदा प्रहरी महानिरीक्षकले कार्यादेशको रुपमा जारी गरेका हुन् ।
प्रहरी नियमावली २०७१ को नियम १ सय ९६ मा प्रहरी महानिरीक्षकले आवश्यक ठानेमा आन्तरिक कार्यविधि वा आचारसंहिता लागू गर्न सक्ने व्यवस्था छ ।
हालै जारी गरिएको कार्यादेशअनुसार सबै दर्जाका प्रहरीले आफ्ना विपरित लिंगीका प्रहरीलाई गलत मनसायले छुने, स्पर्श गर्ने, धाप मार्नेलगायतका गतिविधि गर्न पाउने छैनन् ।
अनुमति बिना विदेशीसँग भेटघाट गर्न समेत बन्देज लगाइएको छ ।
अनुमति बिना विदेशी कूटनीतिक नियोग, कूटनीतिज्ञ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाका व्यक्तिसँग भेट गरेको पाइए कारबाहीको भागिदार हुनुपर्ने व्यवस्था गरिएको छ ।
यस्तै अनुमति बिना सञ्चारमाध्यममा लेख रचना तथा विचार प्रकट गर्न पनि पाइने छैन ।
राजनीतिक आस्था, अपराध अनुसन्धान तथा नियन्त्रणमा असर पुग्ने, राष्ट्रिय सुरक्षा र राष्ट्रिय हित विपरित हुनेलगायत संगठनले निषेध गरेका धारणा तथा अभिमतमा प्रतिक्रिया, लाइकजस्ता कृयाकलाप गर्न पाइने छैन ।
जाति र भाषा, लिंग, सम्प्रदाय, धर्म, शारिरिक बनावट विशेषका आधारमा कसैलाई होच्याउन वा मानमर्दन गर्न पाइने छैन ।
यसअघि प्रहरीमा सेवा समूह र कार्यालय पिच्छेका आचारसंहिता लागू भएका थिए ।
पछिल्लोपटक आएको यो कार्यदेशरआचार संहिताले साधारण, स्वास्थ्य, इन्जिनियरिङलगायत सबै समूहलाई प्रतिनिधित्व गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!