०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

दाङमा करेन्ट लागेर तिनजना बालबालिकाको मृत्यु

Logo
प्रकाशित बुधबार, भाद्र ३१, २०७७

सागर थापा
दाङ घोराही उपमहानगरपालिका – १० उत्तरअम्राइमा करेन्ट लाग्दा सोही ठाउँका चार वर्षीया रेणुका चौधरी, आठ वर्षीय प्रशान्त चौधरी र तीन वर्षीय अमृत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिनुभयो । स्थानीयवासी एक व्यक्तिको निधन भएका घरमा शुद्धशान्तिका लागि मोटर जोडेर कुलामा पानी तानिरहेका अवस्थामा सोही पानीमा पौडी खेलिरहेका उनीहरुलाई करेन्ट लागेको हो । अपराह्न १ बजेतिर भएको घटनामा मृत्यु भएका बालबालिकाकोे शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको दाङ प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!