०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

न्युसिपिसिको कोभिड १९ प्रतिकार्य कार्यक्रम सप्पन्न

Logo
प्रकाशित बिहिबार, आश्विन ०१, २०७७

सागर थापा
दाङ तुलसीपुर उपमहानगरपालिका, युनिसेफ नेपाल र नवजागरण महिला तथा बाल संरक्षण केन्द्र (न्युसिपिसि)को सहकार्यमा तुलसीपुर उप–महानगरपालिका भित्र संचालन भैरहेको कोभिड १९ प्रतिकार्य कार्यक्रम अन्तर्गत प्रादेशिक अस्पताल तुलसीपुर दाङको समन्वयमा प्रादेशिक अस्पतालको सभा हलमा समन्वय वैठक सम्पन्न भएको छ ।
कोभिड १९ प्रतिकार्य कार्यक्रम अन्तर्गत प्रादेशिक अस्पताल तुलसीपुर दाङको लागि खानेपानी, सरसफाई तथा स्वच्छता सम्वन्धी कार्यक्रम संचालन गर्न लागिएकोमा आवश्यक गतिविधिहरुबारे छलफल गरी छनौट गर्ने उद्धेश्य बमोजिम वैठकको आयोजना गरिएको न्युसीपिसी दाङका उपाध्यक्ष विजय केसीले जानकारी दिनुभयो । समुदायको हकहितको लागि विभिन्न संस्थाहरुसँगको समन्वय र सहकार्यमा कार्य गर्न आफ्नो संस्था हर समय लागि रहने उहाँको भनाइ थियो ।
कार्यक्रममा प्रमुख अतिथी तुलसीपुर उप–महानगरपालिकाका कार्यवाहक नगर प्रमुख माया शर्माले पालिका भित्रका कोभिड १९ प्रतिकार्य लगायत विभिन्न कार्यक्रमहरुमा सरकारी तथा गैरसरकारी निकायहरुको समन्वय तथा सहकार्य हुनुपर्ने बताउनु भयो ।
विशिष्ट अतिथी प्रादेशिक अस्पताल बिकास समिति तुलसीपुरका अध्यक्ष पदम प्रसाद न्यौपानेले अस्पतालको संरचना निर्माणको लागि वर्तमान तथा भविष्यमा युनिसेफ तथा न्युसीपिसिबाट अपेक्षा रहेको बताउनु भयो ।
तुलसीपुर उप–महानगरपालिका डिआरआर उपसमिति संयोजक तथा वडा नं ६ का अध्यक्ष नवराज लामिछानेले कार्यक्रम अन्तर्गत गरिने क्रियाकलापहरु समयसिमा भित्र प्रभावकारी रुपमा संचालन गरी स्थानीय जनताको सेवामा लाग्नु पर्ने भनाई राख्नु भएको थियो ।
अस्पतालका निमित्त प्रमुख शर्वेस शर्माले अस्पतालमा खानेपानी सरसफाई तथा स्वच्छताको लागि आवश्यक संरचनाको निर्माण तथा मर्मत गर्ने कार्यमा सहयोग गरी विरामी, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीको लागि सहज बातावरण निर्माणमा सहयोगको लागि कार्य गर्नुपर्ने भनाई राख्नुभएको थियो ।
अस्पतालका मेट्रोन रमा पराजुली, हेल्थ असिस्टेन्ट द्रोण प्रसाद वली, कोभिड १९ फोकल पर्सन विमल केसी, न्युसीपिसि कार्यसमिति सदस्य तुफानबाबु श्रेष्ठ तथा नेपाल रेडक्रस सोसाईटी दाङका अधिकृत विश्राम अधिकारी लगायतको उपस्थिति रहेको उक्त वैठकको सहजिकरण कार्यक्रम अधिकृत विनोद कुमार शर्माले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!