११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

न्युसिपिसिको कोभिड १९ प्रतिकार्य कार्यक्रम सप्पन्न

Logo
प्रकाशित बिहिबार, आश्विन ०१, २०७७

सागर थापा
दाङ तुलसीपुर उपमहानगरपालिका, युनिसेफ नेपाल र नवजागरण महिला तथा बाल संरक्षण केन्द्र (न्युसिपिसि)को सहकार्यमा तुलसीपुर उप–महानगरपालिका भित्र संचालन भैरहेको कोभिड १९ प्रतिकार्य कार्यक्रम अन्तर्गत प्रादेशिक अस्पताल तुलसीपुर दाङको समन्वयमा प्रादेशिक अस्पतालको सभा हलमा समन्वय वैठक सम्पन्न भएको छ ।
कोभिड १९ प्रतिकार्य कार्यक्रम अन्तर्गत प्रादेशिक अस्पताल तुलसीपुर दाङको लागि खानेपानी, सरसफाई तथा स्वच्छता सम्वन्धी कार्यक्रम संचालन गर्न लागिएकोमा आवश्यक गतिविधिहरुबारे छलफल गरी छनौट गर्ने उद्धेश्य बमोजिम वैठकको आयोजना गरिएको न्युसीपिसी दाङका उपाध्यक्ष विजय केसीले जानकारी दिनुभयो । समुदायको हकहितको लागि विभिन्न संस्थाहरुसँगको समन्वय र सहकार्यमा कार्य गर्न आफ्नो संस्था हर समय लागि रहने उहाँको भनाइ थियो ।
कार्यक्रममा प्रमुख अतिथी तुलसीपुर उप–महानगरपालिकाका कार्यवाहक नगर प्रमुख माया शर्माले पालिका भित्रका कोभिड १९ प्रतिकार्य लगायत विभिन्न कार्यक्रमहरुमा सरकारी तथा गैरसरकारी निकायहरुको समन्वय तथा सहकार्य हुनुपर्ने बताउनु भयो ।
विशिष्ट अतिथी प्रादेशिक अस्पताल बिकास समिति तुलसीपुरका अध्यक्ष पदम प्रसाद न्यौपानेले अस्पतालको संरचना निर्माणको लागि वर्तमान तथा भविष्यमा युनिसेफ तथा न्युसीपिसिबाट अपेक्षा रहेको बताउनु भयो ।
तुलसीपुर उप–महानगरपालिका डिआरआर उपसमिति संयोजक तथा वडा नं ६ का अध्यक्ष नवराज लामिछानेले कार्यक्रम अन्तर्गत गरिने क्रियाकलापहरु समयसिमा भित्र प्रभावकारी रुपमा संचालन गरी स्थानीय जनताको सेवामा लाग्नु पर्ने भनाई राख्नु भएको थियो ।
अस्पतालका निमित्त प्रमुख शर्वेस शर्माले अस्पतालमा खानेपानी सरसफाई तथा स्वच्छताको लागि आवश्यक संरचनाको निर्माण तथा मर्मत गर्ने कार्यमा सहयोग गरी विरामी, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीको लागि सहज बातावरण निर्माणमा सहयोगको लागि कार्य गर्नुपर्ने भनाई राख्नुभएको थियो ।
अस्पतालका मेट्रोन रमा पराजुली, हेल्थ असिस्टेन्ट द्रोण प्रसाद वली, कोभिड १९ फोकल पर्सन विमल केसी, न्युसीपिसि कार्यसमिति सदस्य तुफानबाबु श्रेष्ठ तथा नेपाल रेडक्रस सोसाईटी दाङका अधिकृत विश्राम अधिकारी लगायतको उपस्थिति रहेको उक्त वैठकको सहजिकरण कार्यक्रम अधिकृत विनोद कुमार शर्माले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

*पारदर्शिता नहुने शुल्क उठाइको समस्या:* 1. *आधार*: यदि यो धनकुटा नगरपालिकाको आधिकारिक कर/शुल्क हो भने राजपत्रमा प्रकाशित हुनुपर्छ, दररेट र उद्देश्य स्पष्ट हुनुपर्छ। सूचना बोर्ड, रसिद, उठाउने व्यक्तिको परिचयपत्र अनिवार्य हुन्छ। 2. *सेवाविना शुल्क*: पार्किङ, सरसफाइ, व्यवस्थापन जस्तो सेवा नदिई “बजार हुँदै गएको भरमा” शुल्क लिनु कर होइन, असुली हुन्छ। 3. *धम्की*: “चाबी खोस्छु” भन्ने […]

बाँके । नेपालकै सबैभन्दा गर्मी हुने जिल्लामध्येको बाँकेको *इलाका प्रहरी कार्यालय कोहलपुर*ले थुनुवा कक्षमै एसी जडान गरेर उदाहरणीय कदम चालेको छ। यो नेपालमै पहिलो पटक भएको मानिन्छ। *के भयो:* – *डीएसपी चक्र डमरपाल*को नेतृत्व र *कोहलपुर नगरपालिका*को सहयोगमा थुनुवा कक्षमा २ वटा एसी जडान गरिएको छ। – चर्को गर्मीमा रहेका कैदीबन्दीको स्वास्थ्य सुरक्षा र सहजताका […]

बाँके । नेपाल पत्रकार महासंघ बाँके*को १५औं साधारण सभा उद्घाटन गरिएको छ। उद्घाटन *पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन*ले गरेका हुन्। साधारण सभामा बाँके जिल्लाका पत्रकारहरूको पेसागत हकहित, प्रेस स्वतन्त्रता, मिडियामा देखिएका चुनौती र सङ्गठनको आगामी कार्ययोजनाबारे छलफल हुन्छ। यस्ता साधारण सभाले स्थानीय पत्रकारको समस्या केन्द्रमा पुर्‍याउन र संगठनलाई सक्रिय बनाउन भूमिका खेल्छ। बाँके पत्रकार […]

error: Content is protected !!