०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

छाडा पशुका कारण स्थानियबासीहरु हैरानमा स्थानिय सरकार बेखबर

Logo
प्रकाशित बिहिबार, आश्विन ०१, २०७७

प्रिन्स मिश्रा कृष्णनगर कपिलवस्तु
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका बिभिन्न स्थानमा छाडा गाई गोरुले सताउन थालेका छन l कृष्णनगर , बहादुरगंज , डबरा ,गुरचीहवा ,लछ्मिनगर ,सेमरा लगायतका स्थानमा लगाइएका बाली नाली गाई गोरुहरुले सखाप पार्दे छन l रात दिन छाडा गाई गोरुहरुले गर्दा स्थानीय हैरान परेसान भएका छन । कहिले बाली नाली सखाप पर्ने त कहिले दुर्घटना निम्त्याउने जस्ता समस्या भोग्न सर्बसाधारण बाध्य भएका छन l
ती सबै स्थानमा दिउसो र रातीमा २० /२५ वटा गाई गोरुहरु जम्मा भएर रातिको समयमा ठुलै संख्यामा बालीनालीमा पसेर बाली नाली सखाप पारिरहेको किसानहरुले बताउछन ।
रात र दिनको समयमा ती गाईगोरु सडकभरी घुमिरहदा यात्रा गर्न कठिनाइ हुन्छ र पशु चौपायका कारण सवारी दुर्घटना पनि निम्तिएको छ र दिनहुँ दुर्घटना हुने गरेको छ l
मुख्य गरी कृष्णनगरको सेमरा , बहादुरगंज , गुरचीयहवा लगायतमा छाडा गाई गुरुको कारण धेरै बालीनाली नोक्सान भएको बहादुरगंजका एक किसानले बताएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!