०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

छाडा पशुका कारण स्थानियबासीहरु हैरानमा स्थानिय सरकार बेखबर

Logo
प्रकाशित बिहिबार, आश्विन ०१, २०७७

प्रिन्स मिश्रा कृष्णनगर कपिलवस्तु
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका बिभिन्न स्थानमा छाडा गाई गोरुले सताउन थालेका छन l कृष्णनगर , बहादुरगंज , डबरा ,गुरचीहवा ,लछ्मिनगर ,सेमरा लगायतका स्थानमा लगाइएका बाली नाली गाई गोरुहरुले सखाप पार्दे छन l रात दिन छाडा गाई गोरुहरुले गर्दा स्थानीय हैरान परेसान भएका छन । कहिले बाली नाली सखाप पर्ने त कहिले दुर्घटना निम्त्याउने जस्ता समस्या भोग्न सर्बसाधारण बाध्य भएका छन l
ती सबै स्थानमा दिउसो र रातीमा २० /२५ वटा गाई गोरुहरु जम्मा भएर रातिको समयमा ठुलै संख्यामा बालीनालीमा पसेर बाली नाली सखाप पारिरहेको किसानहरुले बताउछन ।
रात र दिनको समयमा ती गाईगोरु सडकभरी घुमिरहदा यात्रा गर्न कठिनाइ हुन्छ र पशु चौपायका कारण सवारी दुर्घटना पनि निम्तिएको छ र दिनहुँ दुर्घटना हुने गरेको छ l
मुख्य गरी कृष्णनगरको सेमरा , बहादुरगंज , गुरचीयहवा लगायतमा छाडा गाई गुरुको कारण धेरै बालीनाली नोक्सान भएको बहादुरगंजका एक किसानले बताएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!