०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

युवकमाथि प्रहरीले हातपात गरेको घटनामा छानबिन हुन्छ:प्रहरी हेडक्वार्टर

Logo
प्रकाशित शुक्रबार, आश्विन ०२, २०७७

ABC Sanchar
काठमाडौं नेपाल प्रहरीको मुख्यालयले कुलमान घिसिङको पुनर्नियुक्ति माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा निस्किएका युवकमाथि हातापात भएको घटनालाई गम्भीरता पूर्वक लिएको जनाएको छ।
बिहिबार कुलमानको पक्षमा प्रदर्शनमा उत्रेका १०० ग्रुपका संयोेजक बब्लु गुप्ता लगायतमाथि प्रहरीले निर्घात कुटेको थियो।
प्रहरीले सामान्य अवस्थामा पनि ती युवकलाई लात्ता हानेको भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा अहिले प्रहरीको आलोचना भइरहेको छ।
आलोचना भएपछि प्रहरी मुख्यालयले उक्त घटनालाई गम्भीरता पूर्वक लिएको र घटनाबारे छानबिन हुने जनाएको छ।
यो भिडियोमा देखिएका गुप्ता तिनै युवक हुन जो १०० ग्रुपमार्फत निःशुल्क कपडा, रत्नपार्कमा भोकाहरूलाई खाद्यान्न व्यवस्थापन गर्दै आएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!