२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

युवकमाथि प्रहरीले हातपात गरेको घटनामा छानबिन हुन्छ:प्रहरी हेडक्वार्टर

Logo
प्रकाशित शुक्रबार, आश्विन ०२, २०७७

ABC Sanchar
काठमाडौं नेपाल प्रहरीको मुख्यालयले कुलमान घिसिङको पुनर्नियुक्ति माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा निस्किएका युवकमाथि हातापात भएको घटनालाई गम्भीरता पूर्वक लिएको जनाएको छ।
बिहिबार कुलमानको पक्षमा प्रदर्शनमा उत्रेका १०० ग्रुपका संयोेजक बब्लु गुप्ता लगायतमाथि प्रहरीले निर्घात कुटेको थियो।
प्रहरीले सामान्य अवस्थामा पनि ती युवकलाई लात्ता हानेको भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा अहिले प्रहरीको आलोचना भइरहेको छ।
आलोचना भएपछि प्रहरी मुख्यालयले उक्त घटनालाई गम्भीरता पूर्वक लिएको र घटनाबारे छानबिन हुने जनाएको छ।
यो भिडियोमा देखिएका गुप्ता तिनै युवक हुन जो १०० ग्रुपमार्फत निःशुल्क कपडा, रत्नपार्कमा भोकाहरूलाई खाद्यान्न व्यवस्थापन गर्दै आएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!