२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दुरी कायम गरी पशुपति मन्दिर खोल्न माग गर्दै धर्नामा

Logo
प्रकाशित शुक्रबार, आश्विन ०२, २०७७

ABC Sanchar
काठमाडौं छ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर लगायत मठ, मन्दिर, चैत्य, गुम्बा भौतिक दूरी कायम गरी खुला गर्नुपर्ने माग गर्दै पशुपति क्षेत्रमा भक्तजनले धर्ना दिन थालेका छन्।
कोरोना भाइरसको सङ्क्रमणबाट बच्न चैत ११ गतेदेखि बन्दाबन्दी लगाएपछि पशुपतिनाथ लगायत मठ, मन्दिर, बौद्ध, स्वयम्भू लगायत गुम्बा, चैत्य भक्तजनका लािग बन्द गरिएकामा अन्य क्षेत्र खुल्दा पनि धार्मिक स्थलतर्फ सरकारको ध्यान नगएको भन्दै विश्व हिन्दू महासङ्घको नेतृत्वमा पशुपति क्षेत्रमा शान्तिपूर्ण धर्ना दिइएको हो।
भौतिक दूरी कायम गरी सुरक्षाका सबै उपाय अपनाएर धार्मिक, सांस्कृतिक स्थल खुला गर्न माग गर्न बसेका शान्तिपूर्ण धर्नाकारीमाथि प्रहरीले लाठीचार्ज गरी दुई जनालाई घाइते बनाएको महासङ्घका महासचिव गणेशप्रसाद न्यौपानेले राससलाई जानकारी दिए।
प्रहरीले विश्व हिन्दू युवा सङ्घका संयोजक ऋषिकेशजङ्ग शाह, महासङ्घका पुष्प पराजुली लगायतलाई लाठी प्रहार गरी घाइते बनाएको छ।
धर्नापछि आयोजित कार्यक्रममा महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारीले वैदिक सनातन एवं ओमकार परिवारभित्रका बौद्ध लगायत मौलिक धर्मलाई सिध्याउने खेल भइरहेकाले सचेत हुन आह्वान गरे।
पशुपति क्षेत्र विकास कोषले असार अन्तिम साता महामारीमा मन्दिर खोल्ने सम्बन्धी मापदण्ड बनाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा पेश गरेको छ।
मन्दिर खोल्ने मापदण्ड मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा पेश गरेकोसम्म जानकारी प्राप्त भएको कोष सञ्चालक परिषद् सदस्य संहिताशास्त्री अर्जुनप्रसाद बास्तोलाले जानकारी दिए।
गत हप्ता कमलादी गणेश मन्दिर दुई दिन खुला भएपछि भीड बढेकाले बन्द भएको थियो। धार्मिक अभियानकर्मी प्रकाशजङ्ग रायमाझी पशुपतिको फूल, प्रसाद, चन्दन बाहिर ल्याएर वितरण गरी मूल मन्दिरभित्र प्रवेश गर्न दिनु नहुने बताउँछन।
उपत्यकामा कोरोना सङ्क्रमण बढिरहेको, स्वास्थ्य पूर्वाधार नभएको, सरोकार भएका निकायको यसतर्फ ध्यान नगएको अवस्थामा मन्दिरभित्र प्रवेश गर्न दिँदा असहज अवस्था आउन सक्ने भएकाले धैर्य गर्नुपर्ने उनको भनाई छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!