२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

अस्पतालबाट लेखे पोख्रेलले मेयरलाई खुलापत्र तपाई सरकार प्रमुख हो कि होइन र मेयरसाब ?

Logo
प्रकाशित शुक्रबार, आश्विन ०२, २०७७

ABC Sanchar
आज मैले पत्रिकाको दुरुपयोग गर्दै तपाईंलाई यो पत्र लेख्दैछु । पत्रिकामार्फत सार्वजनिक पदासीन व्यक्तित्वलाई पत्र लेख्ने काम पाठकको हो । आफैले आफ्नो कुरा सम्पादकीयमार्फत भन्ने हो । यो पत्रकारिताको विश्वव्यापी अभ्यास हो । त्यसैले यो पत्र पत्रिकाको सम्पादक आफैले लेखेर छाप्नुलाई दुरुपयोग पनि मानिन सक्छ ।
मेयरसाव,
म यतिबेला कोहलपुरस्थित कोभिड अस्पतालको ‘क्याविन ए’बाट तपाईलाई पत्र लेख्दै छु । मेरो दायाँ–बायाँ दुईवटा बेड छन्, जसमा मेरा अल्सरसहित कोरोना संक्रमण देखिएका पिताजी र टाइफाइडसहित कोरोना संक्रमण देखिएकी मेरी माताजी हुनुहुन्छ ।
उहाँहरुको बीचमा भूँइमा म्याट बिछ्याएर गत २६ गतेदेखि म कुरुवाको रूपमा बस्दै आएको छु । माता भने ३० गते यहाँ आउनुभएको हो । पिता–माता अस्पतालमा, म कुरुवा, मेरा घरका सबै ‘होम–क्वारेन्टाइन’मा छौ, यो बेला । यस्तो बेलाको मनोदशा, छट्पटी र जोखिम कस्तो हुन्छ भन्ने मैले राम्रोसँग भोगे । दुईजना कोराना संक्रमितको बीचमा बसेर म तपाई र तपाईको परिवारको स्वास्थ्य सधैं राम्रो होस्, कुनै समस्या नदेखियोस् भनेर भगवानसँग प्रार्थना गर्दछु ।
संसार कोभिड–१९ बिरुद्ध लड्दै छ । संक्रमित पहिचान गरी उनीहरूलाई कोरोनामुक्त बनाउँदै समाजलाई नै कोरोनाबाट मुक्त बनाउन संसारका सबै संरचनाहरू परिचालित छन् । तपाई प्रमुख रहेको स्थानीय सरकार र त्यस मातहतका संरचनाले पनि पक्कै त्यही गरिरहेको होला । तपाईका भाषण र अन्तर्वार्ता हेर्दा त्यस्तै लाग्छ । तर मसँग यो बीचमा अत्यन्तै तीतो अनुभव रह्यो । म यो पत्रमार्फत तपाईलाई त्यो विषय सुनाउन चाहन्छु । त्योभन्दा पहिले मैले यो पत्र सार्वजनिकरूपमा किन लेख्न लागे भन्ने पनि स्पष्ट पार्न चाहन्छु ।
तपाई र तपाई मातहतका संरचनाको नेतृत्वकर्ताहरूसँग पटक–पटक औपचारिक र अनौपचारिकरुपमा अवस्थाको जानकारी गराउँदा झनै निराश हुनप¥यो । त्यसैले सार्वजनिकरुपमा तपाईलाई भनेपछि मैले त जे भोगे भोगे अरु मजस्ता सामान्य नागरिकहरुले त्यो पीडा भोग्न पर्दैन कि ? तपाईले केही सुधारका लागि पहल गर्नुहुन्छ कि भन्ने अपेक्षाका साथ यसरी सार्वजनिक पत्र लेखेको हुँ ।
मेरो पिता अस्पतालमा भर्ना हुनुभयो । रगत चढाउनुपर्ने भयो । अचेतझै अवस्थामा हुनुहुन्थ्यो । डा। मीनचन्द्र अधिकारीले कोरोना परीक्षण गर्न सुझाउनुभयो । मैले मेरो वडाको अध्यक्ष भरत अर्याललाई फोन गरे । उहाँले बर्ष सोध्नुभयो, मैले ६८ बर्ष भने । ‘मैले नाम पठाइदिन्छु १२ बजेतिर पद्मोदय जानुहोला’ भन्नुभयो । बडाअध्यक्ष, व्यस्त मान्छे ।
नाम पठाउन भुल्न सक्नुहुन्छ भनेर मेरी श्रीमती सुलोचनालाई १० बजे वडामा गएर सिफारिस ल्याउन भने । उनले बडा अध्यक्षलाई फोन गरिन् । नाम गइसकेको रहेछ । अनि मैले सुलोचनालाई १२ बजे पद्मोदय गएर लाइन लाग्न र पिताको पालो आउँदा फोन गर्न भने ।
मेयरसाव, मेरो पिता गम्भीर हुनुहुन्थ्यो त्यो बेला । ब्लड बैंकबाट १ पिन्ट रगत लिएर चढाउने तयारीमा थियौं । म पत्रकार भएकाले स्वाव लिन जाँदा ‘लाइन मिचेर पत्रकारले सेवा लियो भनेर कसैले भन्लान’ भन्ने पनि ठाने । पिताको अवस्था अचेतझै थियो । उहाँलाई त्यो बेलाको कुनै कुरा याद नै छैन । फेरि पत्रकारको बाबुको स्वास्थ्य जति महत्वपूर्ण छ, अन्य नागरिकको स्वास्थ्य पनि त्यत्तिकै महत्वपूर्ण छ भनेर मैले पालो मिच्न चाहेन र शुरुमै सुलोचनालाई लाइन लाग्न पठाए । पालो आयो, सुलोचनाले फोन गरिन् मेयरसाव १ अनि म पितालाई मेरो गाडीमा लिएर त्यहाँ पुगे ।
पितालाई मैले अस्पतालबाट गाडीमा चढाउँदै गर्दा वीरकेशरी गौतमले फोन गरेर ‘पालो आयो, नाम बोलायो’ भनेर पनि सूचना दिनुभयो । उहाँ पनि स्वाव दिन त्यहाँ पुग्नुभएको रहेछ । म अचेत अवस्थाका पितालाई लिएर त्यहाँ पुगे ।
पुरै अस्त–व्यस्त छ, त्यहाँ । पालो मिचियो भनेर एउटा समूहले आपत्ति जनाई पनि रहेको थियो । खटिएका कर्मचारीहरुले फोन गर्दै घरपरिवारका सदस्यलाई बोलाउँदै स्वाव लिइरहेका थिए । म नजिकै गई ‘ब्लड चढाउन रोकेर आएको छु, पालो पनि आयो रे १’ भन्दै स्वाव लिन आग्रह गरे । त्यो बेला पिता गाडीमा सुतिरहनु भएको थियो । म पौने घण्टा त्यहाँ अनुनय–बिनय गर्दा कोही कर्मचारीले सुन्न चाहेनन् । ‘दिदीलाई चाँडो ल्याऊ, भतिजलाई बोलाऊ, भाइ त्यो बाइक लगेर मेरी बुहारीलाई ल्याइदेऊ अनि तिम्रो स्वाव लिदिम्ला’ यस्ता आवाजहरु आइरहेका थिए तपाईका कर्मचारीहरुबाट मेयरसाव ।
पौने घण्टा मलाई नसुनेपछि मैले मेरो बडाध्यक्ष भरत अर्याल र स्वाव लिइरहेको बडाका अध्यक्ष रमेश पाण्डेलाई फोन गरेर आपत्ति जनाए, मेयरसाव । उहाँहरुले ‘बुझेर खबर गर्छु’ भन्नुभयो, सायद अहिलेसम्म बुझिरहनुभएको होला । राम्रोसँग बुझ्न समय लाग्ने नै भयो, मेयरसाव । तपाईले पनि राम्रोसँग बुझनु होला उहाँहरुजस्तै ।
भोलिपल्ट ४,४६०।– रुपैयाँ तिरेर पिताको स्वाव परीक्षण गराए स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा । कोरोना देखियो, अहिले यहाँ छौं । केही पत्रकार साथीहरूले ‘के भएको ?’ भनेर तपाईको स्वास्थ्य प्रमुखसँग सम्पर्क गर्नुभएछ, ‘केही होइन, कम्युनिकेशन ग्याप भएको हो’ भन्ने जवाफ पाउनु भएछ । मेयरसाव, बिरामी पिताको स्वाव लिन लाइन लागेर दिनभर कुरेर आफ्नो पालोमा पुग्दा पनि स्वाव दिनका लागि कस्तो ‘कम्युनिकेशन’ गर्नुपर्ने हो ? कृपया मलाई जानकारी गराइदिनु होला १
त्यतिमात्र कहाँ हो र मेयरसाव, मेरो मातालाई ज्वरो आइरहेको थियो । घाँटी सुकेर थुक निल्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो । अस्पतालमा जाँच गराउँदा टाइफाइडको रिपोर्ट आयो । पितालाई देखियो, माताको त्यो लक्षणमा हैन र मैले उहाँको कोरोना परीक्षण गराउने मेयरसाव ? कि कस्तो बेलामा हो ? मेरी श्रीमती सुलोचनाले नगर स्वास्थ्य प्रमुखलाई फोन गरिछन्, ‘मिलाउँछु मिलाउँछु’ भन्ने जवाफ आइरह्यो । तर मिलेन मेयरसाव ।
माता झनै कमजोर हुँदै जानुभयो । म कोभिड अस्पतालमा छु । घरमा सबै ‘होम–क्वारेन्टाइन’मा छन् । माताको अवस्था खस्कँदो छ, तर तपाई

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  उपचारका क्रममा भारत गएको अवस्थामा एबिसी सञ्चार डटकम अनलाइनका प्रमुख सागर थापाको मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक भएको छ । पत्रकार एवम् प्रमुख थापाले आइतबार अपरान्ह आफ्नो मोबाइलसितै चोरी भएको ९८४७८ ४५९१८ बाट फोन गरेर सो कुराको जानकारी गराएका हुन् । मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक गरेर विभिन्न व्यक्ति विशेषहरुसित नचाहिँदा हरकत […]

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]

(एबिसि संचार ) कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए । शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट […]