०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

हातमुख जोर्न फुटपाथमा व्यापार गर्दा नगर प्रहरीबाट तछाडमछाड

Logo
प्रकाशित शुक्रबार, आश्विन ०२, २०७७

ABC Sanchar
काठमाडौंको न्युरोडस्थित बिशालबजार क्षेत्रमा फुटपाथ व्यापारी र काठमाडौ नगर प्रहरी वीच घम्साघम्सी भएको छ । नगर प्रहरीहरु आएर बिशालबजार अगाडी फुटपाथमा व्यापार गरिरहेकाहरुको सामान उठाएर लग्ने क्रममा घम्साघम्सी भएको हो । घम्साघम्सीका क्रममा फुटपाथ व्यापारीका सामानहरु छरपष्ट भएका छन् भने केही व्यापारी र सामानलाइ प्रहरीले नियन्त्रणमा पनि लिएको छ । यत्रो लकडाउनका बिच शहर खुलेको अबस्थामा दशै नजिकिदै गर्दा पनि हातमुख जोर्न नदिएर अन्याय गरेको व्यापारीको गुनासो छ । त्यस्तै नियम बिपरित सडकमा सामान राखेर हिड्ने बाटो अबरुद्ध पारेको प्रहरीको आरोप छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!