११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

बाँकेबाट कोरोना निको भएर ६० जना घर फिर्ता

Logo
प्रकाशित शुक्रबार, आश्विन ०२, २०७७

महेन्द्र सिंह
बाँके कोराना संक्रमणमुक्त हुनेहरुको संख्या बढ्दै गएको बाँके जिल्लामा शुुक्रबार एकैदिन ६० जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाका विभिन्न आइसोलेसन सेन्टरमा रहनु भएकाहरु मध्ये शुक्रबार ६० वर्षिय एक महिलासहित ६० जना कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् । बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले भदौ १८ गते संक्रमण पुष्टि भएपछि विभिन्न आइसोलेससन रहनु भएका जिल्लाका १९ महिला र ४१ पुरुष गरी ६० जनालाई १४ दिनसम्म कुनै लक्षण नदेखिएपछि निको भएको प्रमाणपत्र दिएर घर पठाईएको बताउनुभयो ।
उहाँले शुक्रवार निको भएर फर्किनु भएका ६० जनासंगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार १९२ पुगेको बताउनुभयो । अहिले पनि जिल्लाका विभिन्न आइसोलेसन सेन्टरमा अन्य जिल्लाका ३ जना समेत गरी ३४५ जना संक्रमित उपचाररत रहेको सम्पर्क व्यक्ति श्रेष्ठले जनाउनुभयो ।
स्वास्थ्य कार्यालयका अनुसार बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ५४६ पुगेको छ भने ५ पुरुष र ४ महिला गरी ९ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । सोझा जनतालाई ठग्ने चोर/फटाहा कर्मचारीहरू जनता आउदैछन् ताला लगाउन। मुर्दावाद आर्थिक प्रशासन! मुर्दावाद प्रमुख प्रशासक!!” वडाध्यक्ष अधिकारीले आफैले यस्तो सार्वजनिक गुनासो गर्नु भनेको अवस्था निकै गम्भीर छ भन्ने प्रस्ट हुन्छ। जनताको सबैभन्दा नजिकको सरकार वडा हो। त्यही वडाबाट “जनता ताला लगाउन आउँदैछन्” भन्ने आवाज निस्कियो भने प्रशासनमा ठूलो समस्या छ। सेवा प्रवाहमा ढिलाइ […]

कपिलवस्तु । भाइरल पहाडको छेउमा, पुल तल सुन्दर रमणीय झरना नुहाउने ठाउँ भनेर वर्णनले नै मन तानिसक्यो। भालुवाङ जाँदा दाङ र कपिलवस्तुमा रहेकोे त्यो भाइरल पहाड सबैले फोटो खिच्छन्, तर पुल तल यस्तो झरना छ भनेर धेरैलाई थाहै हुँदैन। सजिलो पहुँच सडक खण्डको पुलमुनि नै छ, धेरै हिँड्न पर्दैन प्राकृतिक स्विमिङ पुल चट्टानले घेरिएको कुण्डमा […]

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जेठ महिनामा सम्पन्न भएका प्रहरी गतिविधि तथा शान्ति सुरक्षा अवस्थाबारे प्रेसमिटमार्फत जानकारी सार्वजनिक गरेको छ।प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंह ले जिल्लामा अपराध नियन्त्रण, लागूऔषध विरुद्धको अभियान, फरार प्रतिवादी पक्राउ, ट्राफिक कारबाही तथा विभिन्न सुरक्षा गतिविधिबारे जानकारी गराउनुभयो।

error: Content is protected !!