०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाँकेबाट कोरोना निको भएर ६० जना घर फिर्ता

Logo
प्रकाशित शुक्रबार, आश्विन ०२, २०७७

महेन्द्र सिंह
बाँके कोराना संक्रमणमुक्त हुनेहरुको संख्या बढ्दै गएको बाँके जिल्लामा शुुक्रबार एकैदिन ६० जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाका विभिन्न आइसोलेसन सेन्टरमा रहनु भएकाहरु मध्ये शुक्रबार ६० वर्षिय एक महिलासहित ६० जना कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् । बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले भदौ १८ गते संक्रमण पुष्टि भएपछि विभिन्न आइसोलेससन रहनु भएका जिल्लाका १९ महिला र ४१ पुरुष गरी ६० जनालाई १४ दिनसम्म कुनै लक्षण नदेखिएपछि निको भएको प्रमाणपत्र दिएर घर पठाईएको बताउनुभयो ।
उहाँले शुक्रवार निको भएर फर्किनु भएका ६० जनासंगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार १९२ पुगेको बताउनुभयो । अहिले पनि जिल्लाका विभिन्न आइसोलेसन सेन्टरमा अन्य जिल्लाका ३ जना समेत गरी ३४५ जना संक्रमित उपचाररत रहेको सम्पर्क व्यक्ति श्रेष्ठले जनाउनुभयो ।
स्वास्थ्य कार्यालयका अनुसार बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ५४६ पुगेको छ भने ५ पुरुष र ४ महिला गरी ९ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!