०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

पोखरामा जबरजस्ती चन्दा उठाउँदै हिड्ने दुईजना पक्राउ

Logo
प्रकाशित शुक्रबार, आश्विन ०२, २०७७

ABC Sanchar
पोखरा महानगरपालिका-६ हल्लन चोकबाट जबरजस्ती चन्दा संकलन गरिरहेको अवस्थामा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका-७ मोतीडाँडा घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-७ मनमैंजु बस्ने रबिन केसी भन्ने २७ वर्षीय ध्वजबहादुर रावत र रोल्पा गंगादेबी गाउँपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-१६ गोंगबु बस्ने २२ वर्षीय रामकुमार डाँगी रहेका छन् ।
उक्त स्थानमा जबरजस्ती चन्दा असुली गरिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई चन्दा बापत लिएको नगद १ लाख रुपैयाँ, ४ थान मोबाईल, १ थान मोटरसाइकल र चन्दा उठाउन प्रयोग गरिएको १ थान नगदी रसिदसहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरुविरुद्ध चन्दा ऐन सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!