०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

पश्चिम् दाङमा जनमोर्चा प्रवेश गर्ने युबाहरु लहर

Logo
प्रकाशित शनिबार, आश्विन ०३, २०७७

सागर थापा दाङको बङगलाचुली गाउपालिकामा दर्जनौं युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेकाछ्न गाउपालिकाको मुकाम कमिरेचौरमा प्रवेश कार्यक्रम आयोजना गरि बिगतमा डबल नेकपा र नेपाली काङ्ग्रेसमा आवद्ध रहि काम गरेका युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका हुन । प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका जिल्ला अध्यक्ष गणेश आचार्यले समाजलाइ बिकृती र भ्रष्टाचार मुक्त
बनाउनको लागि सम्पुर्ण युबाहरु राष्ट्रिय जनमोर्चामा आवद्ध हुनु पर्ने कुरा बताउनु भयो । पालिका र जिल्लालाई नै सबैखाले बेथितिबाट मुक्त गराउनको लागि जिल्ला ब्यापी युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गर्ने लहर चलेको बताउदै यसलाई अझै घनिभुत रुपमा अगाडी बढाउनु पर्ने कुरामा जोड दिनु भयो । बङगालाचुली गाउपालिका प्राकृति श्रोतका हिसाबले सबैभन्दा धनी भएर पनि जनताको जीवन शैली सबैभन्दा गरीब भएको ले यसको अन्त्यको लागि युबाहरुको अग्रसरताको खाचो भएको कुरा बताउनु भयो । उक्त कार्यक्रममा पार्टी प्रवेश गर्नेहरुमा सुमन घर्ती, पीरम नेपाली , यमबहादुर घर्ती, सुनिल घर्ती, गोलु बुढा, इस्वर मगर, कमल के सि, मिनराज घर्ती, बिबेक बुढा मगर, पुरन घर्ती, हिमलाल घर्ती, तारासिह घर्ती मगर, भोपाल बुढा, देबराज घर्ती, सुरज घर्ती, चन्द्र बुढा, बिम बहादुर थापा, वसन्त तिबारी, माधब राना, नवीन बुढा, प्रेम खडका, हुकुम तिबारी, नरबहादुर जि सि, राजन घर्ती, भिम तिबारी, सन्तोष परियार, पदम खडका, मिनराज पौडेल , श्रीधर भण्डारी , डोमबहादुर बुढा, तिलक नेपाली , बिनोद बुढा, कमला के सि, सलिना परियार, उषा खडका, केसरा घर्ती टिकाराम तिबारी, बिस्ना बुढा, प्रेमलाल घर्ती भुमा बुढा , मीन बहादुर डागी, सुरेश डागी, मेघराज खत्री, लगायत दर्जनौं रहनु भएको छ । सुमन घर्तीको अध्यक्षतामा भएको प्रवेश कार्यक्रममा जिल्ला अध्यक्ष गणेश आचार्यले सबैलाइ अबिर लगाइ पार्टीको सदस्यता प्रदान गर्नु भएको थियो । अखिल नेपाल युबक संघका जिल्ला सदस्य डोर बहादुर के सि को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक का जिल्ला सचिब तुलसिराम पन्थिले गर्नु भएको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!