०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

पुराना कानुनहरु संशोधन गर्दै जानुपर्छ प्रजिअ – रिजाल

Logo
प्रकाशित शनिबार, आश्विन ०३, २०७७

ABC Sanchar
दाङ तुलसीपुर जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले मुलुक संघिय प्रणालिमा गईसकेको हुँदा पुराना कानुनहरु संशोधन गर्दै जानुपर्ने बताउनुभयो । पुराना कानुनहरु अहिले नया संरचना अनुसार उपयुक्त नभएको भन्दै संशोधन गर्नुको बिकल्प नभएको उहाँको धारणा थियो । साथै उहाँले जनताको चाहाना र अपेक्षा अनुसार स्थानिय प्रशासनले सहजिकरणको भुमिका खेल्नुपर्ने बताउनु भयो ।
रोटरी क्लब अफ तुलसीपुर सिटिको आयोजनामा सम्पन्न कार्यक्रममा अतिथी वक्ताको रुपमा उपस्थित हुनु भएका प्रमुख जिल्ला अधिकारी रिजालले जिल्लामा सुशासन कायम गर्न सबैले सहयोग गर्नुपर्ने बताउनु भयो ।
सुशासन, पारदर्शिता र शान्ति सुरक्षा कायम गर्न स्थानियको सहयोग प्राप्त भयो भने कानुन कार्यान्वयन गराउन सहजता प्राप्त हुने उहाँको भनाइ थियो । साथै उहाँले रोटरीले समाजमा गरेको योगदानको समेत खुलेर प्रशंसा गर्नुभयो ।
रोटरी क्लब अफ तुलसीपुर सिटिका अध्यक्ष सुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रिजालको जिवनी र उहाँको व्यक्तित्वको बारेमा पूर्व अध्यक्ष तुफानबाबु श्रेष्ठले प्रकाश पार्नुभएको थियो ।
क्लबका प्रस्तावित अध्यक्ष यज्ञ बहादुर केसीले स्वागत गर्नुभएको कार्यक्रममा निवर्तमान अध्यक्ष देव बहादुर केसीले क्लबले गरेका सामाजिक गतिविधीको बारेमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा क्लवका भाबी अध्यक्ष शिव श्रेष्ठ पूर्वअध्यक्ष कुशल तर्ताल, अनुप कुमार श्रेष्ठ, बिमल रिजाल, ललित बहादुर घर्ती लगायतको उपस्तिथी थियो ।
क्लबका सहसचिव बुद्ध प्रकाश सिंहले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सहजिकरण सचिव देवेन्द्र केसीले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!